दुप्चेश्वरको कुदाप क्याबा र डम्फुपार्क आन्तरिक तथा बाह्य पर्यटकको प्रतिक्षामा
541 Views
रोमन लामा
रामेछाप १८ चैत्र खोज मिडिया। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं.-४ बेतिनी डाँडामा कुदाप क्यावा (चुल्हो दावील) र डम्फुपार्क निर्माण भएको छ। सो कुदाप क्यावा (चुल्हो दावील) र डम्फु पार्क हाल आएर आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र विन्दु बनेको छ। तामाङ जातिको घ्लान थरको थातथलोमा उनीहरूले कुल पूजा गर्दा कुदाप (चुल्हो ) मा पकाएर प्रसाद ग्रहण गर्ने चलन रहेको छ। त्यसैले बेतिनी डाँडामा क्यावा कुदाप (चुल्हो दावील) र डम्फु पार्कलाई बनाएर घ्लान वंशको पहिचानलाई जोगाउने प्रयत्न भएको छ।
सो पार्कको निर्माण कार्य सम्पन्न भइसकेको भए पनि फरफारक भने हुन बाँकी छ । आ.व. २०७७/०७८ को गाउँपालिकाद्दारा विनियोजित रु.१०,००,०००।-(अक्षेरुपी दश लाख रुपैयाँ ) बाट निर्माण कार्य सम्पन्न भएको छ। उक्त पार्क उपभोक्ता समिति मार्फत निर्माण भएको छ। उपभोक्ता समितीको अध्यक्ष टपिन्द्र सिङ तामाङ रहेको छ। सो पार्कको बारेमा जानकारी गाउँपालिकाको प्रसासाकीय प्रमुख विनोद कुमार अधिकारीले खोज मिडियासँग बताउनुभयो।
प्रतिक्रिया दिनुहोस