सुनापतीको तेस्रो रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता-२०७७ समापन
429 Views
रोमन लामा
रामेछाप १७ चैत्र खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा “स्वास्थ्यका लागि खेलकुद , रास्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ “तेसो सुनापती गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०७७” चैत १३ गतेदेखि १६ गतेसम्म संचालन भएको थियो। उक्त कार्यक्रमको उद्धघाटन पुर्व गृह राज्य मन्त्रि श्याम कुमार श्रेष्ठ ‘कुशल’ ले गर्नु भएको थियो भने सो कार्यक्रमको समापन चैत १६ गतेका दिन बागमती प्रदेशको माननीय तथा उपसभामुख राधिका तामाङले गर्नु भएको थियो। सुनापती गाउँपालिकाको “तेसो सुनापती गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०७७” मा १२ ओटा विद्यालयको उत्साहाजनक सहभागिता भएको देखिन्थ्यो।
”तेस्रो सुनापति गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७७” मा शतालिंगेश्वर मा.वि. गुन्सी ७ गोल्ड मेडल ४ सिल्भर मेडल सहित ११ मेडल ल्याई प्रथम स्थान हासिल गरेकोमा राष्ट्रपति रनिङ शिल्ड, ट्रफि, मेडल, प्रमाणपत्र सहित नगद पुरस्कार रु.१५,०००।- प्राप्त गरेको छ। कृष्णवार्नेश्वर मा.वि. ६ गोल्ड मेडल २ सिल्भर मेडल, ३ ब्राउञ्च मेडल सहित ११ मेडल ल्याई द्दितीय स्थान हासिल गरेकोमा मेडल, प्रमाणपत्र सहित नगद पुरस्कार रु.९,०००।- प्राप्त गरेको छ। पशुपति मा.वि. हिलेदेवीले ५ गोल्ड, मेडल १ सिल्भर मेडल, ३ ब्राउञ्च मेडल सहित १३ मेडल ल्याई तृतीय स्थान हासिल गरेकोमा मेडल, प्रमाणपत्र सहित नगद पुरस्कार रु.५,०००।- प्राप्त गरेको छ।
मा.वि. मन्दरले ३ गोल्ड मेडल, २ सिल्भर मेडल, ६ ब्राउञ्च मेडल सहित १० मेडल , अग्लेश्वर मा.वि. दिमीपोखरीले २ गोल्ड मेडल, १ सिल्भर मेडल, ५ ब्राउञ्च मेडल सहित १० मेडल, जनजागृत मा.वि. स्वाराले १ गोल्ड मेडल, ५ सिल्भर मेडल, २ ब्राउञ्च मेडल सहित ५ मेडल, कुशेश्वर मा.वि. बेथानले १ गोल्ड मेडल, ५ सिल्भर मेडल, २ ब्राउञ्च मेडल सहित ८ मेडल, कृष्ण मा.वि. डोग्माले १ गोल्ड मेडल, १ सिल्भर मेडल सहित २ मेडल, डहु मा.वि.ले २ सिल्भर मेडल, ३ ब्राउञ्च मेडल सहित ५ मेडल, कृष्णपुरी मा.वि. रुपाकोटले १ सिल्भर मेडल, ३ ब्राउञ्च मेडल सहित ४ मेडल, जलदेवी मा.वि. खनियापानीले १ सिल्भर मेडल, १ ब्राउञ्च मेडल सहित २ मेडल, बाल मा.वि. भिरकोटले १ सिल्भर मेडल प्राप्त गरेको जानकारी सुनापती गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष गोविन्द घिमिरेले खोज मिडियासँग बताउनुभयो। अध्यक्ष घिमिरे प्रतियोगितालाई सभ्य र भव्य तवरले सम्पन्न गर्न सहयोग पुरयाउनु हुने सम्पूर्णमा हार्दिक कृतज्ञाता प्रकट गर्नु भयो।
प्रतिक्रिया दिनुहोस