तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०७७ को दोस्रो दिन
384 Views
रोमन लामा
रामेछाप १४ चैत्र खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा “स्वास्थ्यका लागि खेलकुद , रास्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ “तेसो सुनापती गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०७७” को आज दोस्रो दिन एथलेटिक्स विधाको कबड्डी भन्दा बाहेकको सबै खेलहरुको फाइनल भइसकेको छ। आज भएको १०० मिटरको छात्र तर्फको दौडमा शतालिंगेश्वोर मा.वि. गुन्सीका यशु मगर प्रथम , कुशेश्वर मा.वि. बेथानका सुजन खड्का द्दितीय , जनजागृत मा.वि.का मा.वि. मानपुरका हरिकृष्ण श्रेष्ठ तृतीय , १०० मिटरको छात्रा तर्फको दौडमा शतालिंगेश्वोर मा.वि. गुन्सीका निशा चौलागाई प्रथम , जनजागृत मा.वि. स्वाराका अनुषा तामाङ द्दितीय , कृष्ण वर्नेश्वर मा.वि. मानपुरका दुर्गा थापा मगर तृतीय , २०० मिटरको छात्र तर्फको दौडमा कृष्ण वर्नेश्वर मा.वि. मानपुरका रोशन थापा मगर प्रथम , जनजागृत मा.वि. स्वाराका शिवहरी खड्का द्दितीय , कृष्णपुरी मा.वि. रुपाकोटका रेशम मानन्धर तृतीय , २०० मिटरको छात्रा तर्फको दौडमा अग्लेश्वर मा.वि. दिमिपोखारीका मनिषा घिसिङ प्रथम , कृष्ण वर्नेश्वर मा.वि. मानपुरका सुजना श्रेष्ठ द्दितीय , मा.वि. मन्दरका बिनिता राय तृतीय भएका छन्।
त्यसैगरी ४०० मिटरको छात्र तर्फको दौडमा मा.वि. मान्दरका केदार के.सी. प्रथम , बाल मा.वि. भीरकोटका हिरा मानन्धर द्दितीय , पशुपति मा.वि. हिलेदेवीका प्रविन श्रेष्ठ तृतीय , ४०० मिटरको छात्रा तर्फको दौडमा जनजागृत मा.वि. स्वाराका अनुषा तामाङ प्रथम , अग्लेश्वर मा.वि. दिमीपोखरीका रन्जु मोक्तान द्दितीय , डहु मा.वि. डहुका विनिता तामाङ तृतीय , ८०० मिटरको छात्र तर्फको दौडमा शतालिंगेश्वोर मा.वि. गुन्सीका नविन चौलागाई प्रथम , डहु मा.वि. डहुका अमिर तामाङ द्दितीय , कृष्ण वर्नेश्वर मा.वि. मानपुरका भुवन जर्जा मगर तृतीय , ८०० मिटरको छात्रा तर्फको दौडमा पशुपति मा.वि. हिलेदेवीका लक्ष्मी श्रेष्ठ प्रथम , जनजागृत मा.वि. स्वाराका विपना दर्जी द्दितीय , मा.वि. मान्दरका अस्मिता राय तृतीय , १५०० मिटरको छात्र तर्फको दौडमा शतालिंगेश्वोर मा.वि. गुन्सीका मनिष चौलागाई प्रथम , कुशेश्वर मा.वि. बेथानका सुजन खड्का द्दितीय , अग्लेश्वर मा.वि. दिमीपोखरीका बुद्ध तृतीय , १५०० मिटरको छात्रा तर्फको दौडमा कृष्ण मा.वि. डोग्माका विनिता खड्का प्रथम , जनजागृत मा.वि. स्वाराका गीता थापा मगर द्दितीय , पशुपति मा.वि. हिलेदेवीका सपना पाण्डे तृतीय भएका छन्।
छात्र तर्फको हाइजम्पमा कृष्ण वर्नेश्वर मा.वि. मानपुरका हरिकृष्ण श्रेष्ठ प्रथम , शतालिंगेश्वोर मा.वि. गुन्सीका यशु मगर द्दितीय , मा.वि. मन्दरका अनुष पन्त तृतीय , छात्रा तर्फको हाइजम्पमा पशुपति मा.वि. हिलेदेवीका सरिता धमला प्रथम , कुशेश्वर मा.वि. बेथानका मैया खड्का द्दितीय , मा.वि. मान्दरका पशुपति मा.वि.का विनिता राय तृतीय भएका छन्। छात्र तर्फको सटपुटमा पशुपति मा.वि. हिलेदेवीका प्रकाश श्रेष्ठ प्रथम , शतालिंगेश्वोर मा.वि. गुन्सीका सन्तोष मगर द्दितीय , मा.वि. मन्दरका अभिनास बुढाथोकी तृतीय , छात्रा तर्फको सटपुटमा पशुपति मा.वि. हिलेदेवीका रन्जिता श्रेष्ठ प्रथम , जलदेवी मा.वि. खानियापानीका ईश्वरी यस्माली द्दितीय , कुशेश्वर मा.वि. बेथानका सुजना पाण्डे तृतीय भएका छन्।
छात्र तर्फको ज्यावालिंग थ्रोमा शतालिंगेश्वोर मा.वि. गुन्सीका यशु मगर प्रथम , मा.वि. मान्दरका विराज पन्त द्दितीय , कुशेश्वर मा.वि. बेथानका निराज तामाङ तृतीय , छात्रा तर्फको ज्यावालिंग थ्रोमा कृष्ण वर्नेश्वर मा.वि. मानपुरका एलिसा जर्गा मगर प्रथम , मा.वि. मन्दरका अनिश योञ्जन द्दितीय , कृष्णपुरी मा.वि. रुपाकोटका रजिता खड्का तृतीय भएका छन्। रिले दौड छात्र तर्फको कृष्ण वर्नेश्वर मा.वि. मानपुर प्रथम , शतालिंगेश्वोर मा.वि. गुन्सी द्दितीय , पशुपति मा.वि. हिलेदेवी तृतीय अनि रिले दौड छात्रा तर्फको मा.वि. मन्दर प्रथम , कृष्ण वर्नेश्वर मा.वि. मानपुर द्दितीय , जनजागृत मा.वि. स्वारा तृतीय स्थान हासिल गरेका छन्। छात्र तर्फको भलिवल खेलहरु पनि सुरुवात भएको छ। फाइनल बाहेक भलिबल र कबड्डीका खेलहरु भोलि तेस्रो दिन बिहान ७ बजेबाट संचालन हुने जानकारी सुनापती खेलकुद विकास समितीका अध्यक्ष गोविन्द घिमिरेले खोज मिडियासँग बताउनु भएको छ।
प्रतिक्रिया दिनुहोस