तेसो सुनापती गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०७७ आजबाट सुरु
497 Views
रोमन लामा
रामेछाप १३ चैत्र खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा “स्वास्थ्यका लागि खेलकुद , रास्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ “तेसो सुनापती गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०७७” आजबाट सुरु भएको छ। “तेसो सुनापती गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०७७” को प्रमुख अतिथि पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ ‘कुशल’ ले दिप प्रज्ज्वलन गरी उद्धघाटन गर्नु भएको छ। विशेष अतिथिहरुमा सुनापती गाउँपालिकाका प्रमुख धावा लामा , उपप्रमुख गीता विष्ट , अतिथिहरुमा वडा नं-३ का वडा अध्यक्ष बाबुराम तामाङ , वडा नं-४ का वडा अध्यक्ष खड्का घिसिङ्ग , वडा नं-१ का वडा अध्यक्ष चन्डेश्वर चौलागाई , रामेछाप जिल्लाको पुर्व शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतम , प्रशासकिय प्रमुख राममणि काफ्ले , शिक्षा शाखा प्रमुख कमल बहादुर बम , विभिन्न पार्टीका नेतागण लगायत १२ ओटा मा.वि. का प्र.अ. तथा प्र.अ. प्रतिनिधिहरु हुनुहुन्थ्यो।
आज पहिलो दिनको खेलमा १५०० मिटरको छात्र तर्फको दौडमा शतालिंगेश्वर मा.वि. प्रथम र १५०० मिटरको छात्रा तर्फको दौडमा कृष्ण मा.वि. डोग्मा प्रथम भएका छन्। आज १०० मिटरको छात्र/छात्रा तर्फको दौड , २०० मिटरको छात्र/छात्रा तर्फको , ४०० मिटरको छात्र/छात्रा तर्फको दौड दौडभए तापनि त्यसको फाइनल भोलि हुनेछ। त्यसै गरी , ८०० मिटरको छात्र/छात्रा तर्फको दौड , ज्यावालिंग थ्रो छात्र/छात्रा , ट्रिपल जम्प छात्र/छात्रा , लङ्जम्प छात्र/छात्राको खेल भोलि हुने भएको छ। निर्धारित समय भन्दा अलिकति ढिलो खेल सुरु भएकोले समय तालिका अनुसार आज हुने भनेको लङ्जम्प खेल समय आभावले भोलि हुने बाहेक अरु खेलहरु सौहार्दपूर्ण वातावरण नै संचालन भएको थियो। भोलि विहान ७ बजेदेखि नै बाँकी खेलहरु निर्धारित समयमा खेल तालिका अनुसार हुने जानकारी सुनापती खेलकुद विकास समितीका अध्यक्ष गोविन्द घिमिरेले खोज मिडियासँग बताउनु भएको छ।
प्रतिक्रिया दिनुहोस