कृष्णपुरी मा.वि.का विद्यार्थीहरुलाई खेल सामाग्री सहयोग
437 Views
रोमन लामा
रामेछाप १२ चैत्र खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं-५ स्थित श्री कृष्णपुरी माध्यमिक विद्यालयमा पछिल्ला दिनहरुमा सहयोगी हातहरुले आफ्नो गक्ष अनुसारको सकेको सहयोग गर्ने राम्रो कार्यको सुरुवात भएको छ। हिजो मात्रै यहिँ चैत्र १३ गतेबाट सुनापती गाउँपालिकामा सुरु हुने तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७७ मा सहभागिता जनाउन जाने श्री कृष्णपुरी मा.वि. रुपाकोटका खेलाडी विद्यार्थीहरुलाई नेताद्दोय बिनिता खड्का र जनक खड्काले संयुक्त रुपमा ३५ थान जर्सी सेट सहयोग गरेका थिए।
त्यसैगरी श्री कुशेश्वर मा.वि. बेथानका वि.व्य.स. अध्यक्ष तथा युवा नेता कमान (दिपेन्द्र) खडकाले पनि कृष्णपुरी मा.वि.लाई राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिन जाने ३५ जना खेलाडी विद्यार्थीहरुलाई कुहिनोको सुराक्षार्थ प्रयोग गरिने प्याड सहयोग गरेका थियो भने आज फेरि सोहि कार्यक्रममा सहभागि हुनका लागि चाहिने विद्यालयको नामाङ्कित ब्यानार गंगाराज लामाले सहयोग गरेका छन् भने बौद्ध तीनचुली स्थित संचालित MGM SNOOKER & CAFE का प्रोपाइटर द्दोय सुनापती गाउँपालिका वडा नं-५ का ज्ञानेश्वर लामा र खाँडादेवी गाउँपालिकाका युवा राजनीतिज्ञ महेश लामाले सोहि कार्यक्रममा सहभागिता जनाउन जाने ३५ जना खेलाडी विद्यार्थीहरुका लागि घुँडाको सुराक्षार्थ प्रयोग गरिने Knee Pad सहयोग गरेका छन्।
आज भएको सो सहयोगको लागि सहजिकरण गर्नु भएकोमा समाजसेवी तथा राजनीतिज्ञ गंगाराज लामालाई मुरी धन्यवाद प्रकट गर्न गर्नु हुदै श्री कृष्णपुरी मा.वि. रूपाकोटका प्र.अ. राम बहादुर तामाङले खोज मिडियासँगको कुराकानीको क्रममा भन्नु भयॊ पछिल्ला दिनहरुमा बिभिन्न संघ सस्था र व्यक्तिहरुको सहयोगको क्रम बढेको छ जसले गर्दा विद्यालयलाई आर्थिक भार पनि नपर्ने र सहयोग गर्न मन गर्ने सहयोगी मनहरुलाई पनि सहयोग गरी अपनत्वको भावाना विकास गर्न पाउने वातावरण सिर्जना भएको छ। तसर्थ निस्वार्थ भावनाले प्रेरित भई सहयोग गर्ने सहयोगी हातहरुप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा नमन व्यक्त गर्नु भएको छ।
प्रतिक्रिया दिनुहोस