रामेछापकी चेली सुजिता योन्जन नेपालको चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ मा
966 Views
रोमन लामा
रामेछाप चैत्र खोज मिडिया। १६ वर्षको उमेरमा श्री मन्दर माध्यामिक विद्यालय, सुनापती गाउँपालिका वडा नं-२ दिमिपोखरी, रामेछापबाट एसईई परिक्षा दिएर काठमाडौँ आएकी सुजिता योञ्जन ‘द भ्वाइस अफ नेपाल’ को सिजन-३ मा छनोट भएकी छिन् । सुजिता योञ्जनको घर रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं-५ , गुन्सालस्थित धारापानीमा छ। शुक्रवार हिमालयटेलिभिजनमा प्रशारण भएको भ्वाइस अफ नेपाल सिजन–३ को ब्लाइन्ड अडिसनको पहिलो एपिसोडबाट छनोट भएकी छिन्।
मनिला सोताङको ‘दुख्छ छाती,पोल्छ मुटु’ बोलको गीत गाएकी सुजिता योञ्जनलाई कोच दिप श्रेष्ठले आफ्नो टिममा लिएका छन् ।नेपालको चर्चित रियालिटी सो द भ्वाइस अफ नेपालमा रामेछापकी चेली सुजिता योञ्जन चालिस हजार प्रतियोगीहरुमध्येबाट ६४ जनामा छनोट हुन सफल भएकी छिन्।
हाल १८ वर्ष भएकी सुजिता योञ्जन एसईई परिक्षा उतिर्ण गरी गरेर हाल नक्सालस्थित सिर्जना सङ्गीत कलेजमा सङ्गीत विषय लिएर अध्ययन गरिरहेकी छिन् । तपाई भविष्यमा के बन्ने इच्छा छ भन्ने खोज मिडियाको प्रश्नमा योञ्जन भन्छिन म भविष्यमा राम्रो गायिका बन्ने तीव्र इच्छा छ।
प्रतिक्रिया दिनुहोस