रामेछापको डहु मा.वि. डहुलाई ४० थान जर्सी सेट सहयोग
763 Views
रोमन लामा
रामेछाप १० चैत्र खोज मिडिया। जब मानिसले समाजलाई बुझ्दै जाने क्रम बढ्दै जान्छ तब मानिसले अरु क्षेत्रमा लगानी नगरीकन शिक्षा क्षेत्रमा लगानी गर्न अघि सर्छ। यसको ज्वलन्त उदाहारण बनेका छन् रामेछाप जिल्ला सुनपती गाउँपालिकाका शिक्षा प्रेमी समाजसेवी व्यक्तिहरु। पछिल्ला दिनहरुमा सुनापती गाउँपालिकाका सामुदायिक विद्यालयहरुको मुहार फेर्ने पवित्र काममा स्थानिय सरकारसँग हातोमालो गर्दै सहयोगी हातहरु अघि बढ्ने क्रममा आज रामेछापको जिल्लाको सुनापती गाउँपालिकाका श्री डहू मा.वि. डहूलाईलाई पनि पवित्र मनले सहयोग गर्ने सहयोगी हातहरु फेला परेका छन्।
रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा यही चैत्र १३ गतेबाट सुरु हुने तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७७ मा सहभागिता जनाउन जाने श्री डहू मा.वि. डहूका खेलाडी विद्यार्थीहरुलाई भूतपुर्व विद्यार्थीहरू प्रकाश लामा र रमिता लामाले ४० थान जर्सी सेट सहयोग गरेका छन्। आइरल्याडको लामो र स्थायी बसाईपछि आफ्नो जन्मभुमी नेपालमा छोटो समयको यात्रा तय गर्ने क्रममा प्रकाश लामा र रमिता लामाले श्री डहू मा.वि. डहूका खेलाडी विद्यार्थीहरुलाई सो जर्सी सेट सहयोग गरेका हुन्। यसले खेलाडी विद्यार्थीहरुलाई खुसी मिल्ने र भावी दिनमा आफुहरुलाई नि समाजसेवा गर्नका लागि प्रेरणा दिने कार्य भएको छ। श्री डहू मा.वि. डहूका प्र.अ. दल बहादुर बलले खोज मिडियासँगको कुराकानीको क्रममा भन्नु भयॊ निस्वार्थ भावनाले प्रेरित भई आफ्नो जन्मभुमिमा अवस्थित नमुना विद्यालयमा सहयोगी हात फैलाएकोमा प्रकाश लामा र रमिता लामालाई हार्दिक बधाई तथा आभार व्यक्त गर्नु भएको छ।
प्रतिक्रिया दिनुहोस