सुनापती गाउँपालिकामा तेसो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०७७ हुँदै
433 Views
रोमन लामा
रामेछाप १ चैत खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा “स्वास्थ्यका लागि खेलकुद , रास्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ “तेसो सुनापती गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०७७” यही मिति २०७७ चैत १३ गते देखि चैत १६ गते सम्म संचालन हुने भएको छ । “तेसो सुनापती गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०७७” मा भलिबल , कबड्डी र एथ्लेटिक्स खेलहरु संचालन हुने भएको छ ।
सो खेलको तयारीको लागि आज सुनापती गाउँपालिका भित्रको १२ वटा माध्यमिक विद्यालयहरुका खेलकुद शिक्षकहरुलाई सुनापती गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष गोविन्द घिमिरेले खेल सामग्रीहरु एक कार्यक्रमको माझमा हस्तान्तरण गरेका छन् । उक्त प्रतियोगितामा भलिबल तर्फ छात्र /छात्रा , कबड्डी तर्फ छात्र /छात्रा , एथ्लेटिक्स अन्तर्गत (क) दौड (ट्रयाक) तर्फ छात्र: १०० मि. , २०० मि. , ४०० मि. , ८०० मि. , १५०० मि. , ३००० मि. , (४ गुणा १०० मि. रिले) , (४ गुणा ४०० मि. रिले) । छात्रा: १०० मि. , २०० मि. , ४०० मि. , ८०० मि. , १५०० मि. , ३००० मि. , (४ गुणा १०० मि. रिले) , (४ गुणा ४०० मि. रिले) । (ख) उफ्रने र फ्याँक्ने तर्फ छात्र: हाइजम्प , लङ्जम्प , त्रिपलजम्प , ज्याभालिङ थ्रो , ८०० ग्राम , सटपुट १२ पाउण्ड। , छात्रा : हाइजम्प , लङ्जम्प , त्रिपलजम्प , ज्याभालिङ थ्रो , ६०० ग्राम , सटपुट ८ पाउण्ड । का खेलहरु समावेश गरेका छन्।
“तेसो सुनापती गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०७७” मा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड , प्रमाणपत्र , र नगद रु.१५०००/- , द्दितीय स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी , प्रमाणपत्र , र नगद रु.९,०००/- , र तृतिय स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी , प्रमाणपत्र , र नगद रु.५,०००/- , प्रदान गरिने र “तेसो सुनापती गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०७७” सके लगतै “दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता -२०७७” नव वर्ष २०७८ वैशाख १ गते बाट हुने जानकारी सुनापती गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष गोविन्द घिमिरेले खोज मिडियालाई बताउनुभयो।
प्रतिक्रिया दिनुहोस