पर्यटकको प्रतिक्षामा सुनापतीको डम्फुपार्क
1131 Views
रोमन लामा
रामेछाप २५ फाल्गुण खोज मिडिया। रामेछाप जिल्लाको साविकको बेथान डाँडा हालको सुनापती गाउँपालिका वडा नं ३ स्थित केही समय यता सेल्फी डाँडाको नामले चिर परिचित उक्त डाँडामा सम्भवत देशकै ठुलो डम्फु पार्क बनेको छ । सो डम्फुपार्क वडा कार्यालयबाट आ.व. २०७७।०७८ मा विनियोजित रकम रु. १६,००,०००।- बाट निर्माण भएको छ । देशकै ठुलो डम्फु पार्क अब आन्तरिक र बाह्य पर्यटकको प्रतिक्षामा रहेको देखिन्छ।
उक्त डम्फु पार्कमा राजधानी काठमान्डौबाट ४ घण्टाको बसको यात्रामा नै आइपुग्न सकिन्छ । बि.पी. राजमार्ग अन्तर्गत नेपालथोकबाट १ घण्टा ३० मिनेटमा यो पार्कमा आइपुगीन्छ । यो पार्कमा आउदै गर्दा कुश्वेश्वर महादेवको स्थान , विश्वमित्र गुफा , सुनकोसी नदि , अनमिन पार्क , ऐतिहासिक वेथान पानीघाटको सहिद पार्क , सुनापती डाँडा , लहरेमाने डाँडा , बन्दै गरेको चिया बगान लगायत थुप्रै मठ मन्दिर र गुम्बा आदि स्थानहरुमा भ्रमण सकिन्छ । सुनापती गाउँपालिकामा माथि उल्लेखित ठाउँहरुमा घुम्न आउँदा यहाँ खाना र बस्नका लागि होटल , गेस्ट हाउस , होम स्टेहरु पनि संचालन आएका छन्। यो ठाउँमा सबै जसो जातजातीका मानिसहरू बसोबास गर्ने भएकोले सबै जातजातिको सस्कार देख्न पाइन्छ। राजधानीबाट नजिकै दुई दिने गाउँले सस्कृती र परिवेश अवलोकन गर्न इच्छुक आन्तरिक तथा बाह्य पर्यटकको लागि अति उत्तम गन्तव्य सुनापती गाउँपालिका हुन सक्छ।
प्रतिक्रिया दिनुहोस