रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ सम्पन्न
467 Views
रोमन लामा
रामेछाप २४ फाल्गुण खोज मिडिया। आज मार्च ८ अर्थात फाल्गुण २४ गते देशभरी नै १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न हुदै गर्दा रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा पनि १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न भएको छ। “महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार” भन्ने नाराका साथ १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सुनापती गाउँपालिकाद्धारा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि सुनापती गाउँपालिकाको उपाध्याक्ष गीता बिस्ट हुनुहुन्थ्यो।
सो कार्यक्रममा सुनापती गाउँपालिका प्रशाशकिय प्रमुख राममणि काफ्ले , गाउँपालिका सम्पूर्ण कर्मचारी , जनप्रतिनिधिहरु , सुनापती गाउँपालिका भित्रको सम्पूर्ण महिला शिक्षिका , बाल बिकास स.का. , स्वास्थ्य स्वयम् सेविका , आमा समूह , महिला संजाल लगायतको सहभागिता थियो। सो कार्यक्रमका प्रमुख अतिथि सुनापती गाउँपालिकाको उपाध्याक्ष गीता बिस्टले दिप प्रज्ज्वलन गरी गरी कार्यक्रमको सुरुवात गरेका थिए । सो कार्यक्रमका बारेमा वडा नं ३ का वडाध्यक्ष बाबुराम तामाङले खोज मिडियासँग बताउनु भयो।
आज सुनापती गाउँपालिका भित्रको सम्पूर्ण महिला शिक्षिका , बाल बिकास स.का. , स्वास्थ्य स्वयम् सेविका र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम भव्यताको सम्पन्न भएको छ। “महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार” भन्ने नाराका साथ १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सुनापती गाउँपालिकाद्धारा आयोजित सो कार्यक्रममा ५ वटै वडाका सम्पूर्ण महिला शिक्षिका , बाल बिकास स.का. , स्वास्थ्य स्वयम् सेविका , आमासमुहहरु र जनप्रतिनिधिहरुको उपस्थिती थियो।
प्रतिक्रिया दिनुहोस