सुनापती गाउँपालिकामा साँस्कृतिक कलाकार समाजको गठन गरियो
579 Views
रोमन लामा
रामेछाप १६ फाल्गुण खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा हिजो शनिवार भएको एक कार्यक्रमको माझमा सुनापती गाउँपालिका स्तरिय साँस्कृतिक कलाकार समाजको गठन गरिएको छ । सुमन खड्काको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती गठन गरेको छ। जसमा क्रमशः वरिष्ठ उपाध्यक्षमा दिपक खड्का , महिला उपाध्यक्षमा रनिला श्रेष्ठ , सचिवमा प्रेम खड्का , सह– सचिवमा वसन्त कार्की , कोषाध्यक्षमा सन्देश श्रेष्ठ , सह– कोषाध्यक्षमा सिजा चौलागाईं , संयोजकमा भिमसेन गौतम , सल्लाहकारमा राज मैनाली , किरण राज घिसिङ, पवन विक्रम परियार र सह–संयोजकमा भिमसेन गौतम रहनुभएको छ ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाको प्रमुख आतिथ्यतामा हिजो शनिवार भएको कार्यक्रममा माननीय सांसद श्याम कुमार श्रेष्ठ र बागमती प्रदेशका सदस्य टलक घिसिङको समेतको उपस्थिति रहेको थियो । यसैबीच सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले आगामी नयाँ वर्षमा विशाल साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने घोषणा गर्नुभएको छ । उहाँले कला र संस्कृतिको विद्यालय स्थापना गर्न गाउँपालिकाले सहयोग गर्ने कुराको जानकारी सुमन खडकाले खोज मिडियासँग बताउनु भएको छ।
प्रतिक्रिया दिनुहोस