सुनापती गाउँपालिकामा एक साथ एम्बुलेन्स र शव वहान हस्तान्तरण
706 Views
रोमन लामा
रामेछाप १५ फाल्गुण खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा आज एम्वुलेन्स र शव वहान हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। रामेछाप जिल्लाका प्रतिनिधिसभा माननीय श्याम कुमार श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी सुनापतीका अध्यक्ष पासाङ लामालाई सो एम्वुलेन्स र शव वहानको साँचो शनिवार भएको कार्यक्रमको बिचमा हस्तान्तरण गर्नु भएको छ। सो कार्यक्रममा गाउँपालिकाका प्रमुख धावा लामा , बागमती प्रदेश सदस्य टंकलाल घिसिङ , गाउँसभा सदस्यहरु , स्थानीय बुद्दिजिवी , कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो। गएको निर्वाचनमा सुनापती गाउँपालिकाको लागि एम्वुलेन्स र शव वहान उपलब्ध गराउने प्रतिबद्धता अनुसार रु.२५,००,०००.- रुपैयाँमा एम्वुलेन्स र शव वहान खरिद गरी हस्तान्तरण गर्नु भएको छ । रामेछाप जिल्लाका प्रतिनिधिसभा माननीय श्याम कुमार श्रेष्ठले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत सुनापती गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा एम्वुलेन्स र शव वहान खरिद गरेको हो ।
सुनापती गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी हिलेदेवीबीच भएको सम्झौता अनुसार खरिद गरेको एम्वुलेन्स र शव वहानले सुनपातीका पाँचै वडाका नागरिकहरु र छिमेकी गाउँपालिकाका नागरिकहरुलाई सेवा प्रवाह गर्नेछ। एम्बुलेन्स सेवा सुनापती गाउँपालिका अन्तर्गतका पाँचै ओटा वडामा समान र न्युनतम शुल्क (भाडा) कायम हुने र यस पालिका भन्दा बाहिर दुरीको आधारमा न्यूनतम (भाडा) कायम हुने घोषणा गाउँपालिकाअध्यक्ष धावा लामाले गर्नु भएको। सो एम्वुलेन्स र शव वहान गाउँपालिका कार्यालय हिलेदेवीमा रहेर सेवा प्रदान गर्ने जानकारी सुनापती वडा नं ४ का वडा अध्यक्ष खड्क घिसिङ्गले खोज मिडियालाई बताउनु भयो।
प्रतिक्रिया दिनुहोस