देशकै ठुलो डम्फुपार्क बन्यो रामेछाप जिल्लाको सुनापती ३ सेल्फीडाँडामा
2476 Views
रोमन लामा
रामेछाप १२ फाल्गुण खोज मिडिया । पछिल्लो समयमा आउँदै गर्दा हाम्रो देश नेपालको विभिन्न ठाउँहरुमा आफ्नो ठाउँको चिनारी गर्ने र आन्तिरक तथा बाह्य पर्यटक भित्र्याउने हेतुका साथ विभिन्न खाल्का चिनारी झल्काउने निर्माण कार्यहरु गर्दै आइरहेका छन् । यसको केही उदाहरणहरुमा पाल्पाको तानसेन नगरपालिका कार्यालय अगाडि टुँडिखेलमा बनेको पानी पिउने करुवा पार्क , कतै आम्खोरा पार्क , कतै लाँलीगुराँस पार्क , कतै तोङ्बा पार्क , कतै काउली पार्क , कतै एभोकाडो पार्क , कतै सुन्तला पार्क जस्ता पार्क बनाउने राम्रो कार्यको थालनी भएको छ ।
यस्तै पार्क बन्ने क्रममा रामेछाप जिल्लाको साविकको बेथान डाँडा हालको सुनापती गाउँपालिका वडा नं ३ स्थित पछिल्लो समयमा सेल्फी डाँडाको नामले परिचित उक्त डाँडामा सम्भवत देशकै ठुलो डम्फु पार्क बनेको छ । सो डम्फुपार्क वडा कार्यालयबाट आ.व. २०७७।०७८ को विनियोजित रकम रु. १६,००,०००।- बाट निर्माण भएको जानकारी सोही वडाको वडा अध्यक्ष बाबुराम तामाङले खोज मिडियासँग बताउनुभयो । तपाईले किन डम्फुपार्क बनाउनकै लागि बजेट छुट्याउनु भयो भनी खोज मिडियाले राखेको जिज्ञासमा वडा अध्यक्ष बाबुराम तामाङले यहाँ ६४ प्रतिशत जनजातीहरु बसोबास गर्छन् , त्यसमा पनि तामाङ जातिको बाहुल्यता रहेको ठाउँ भएकोले त्यसको अलवा आफ्नो ठाउँको चिनारी गर्ने र आन्तिरक तथा बाह्य पर्यटक भित्र्याउने हेतुले मेरो मन मस्तिस्कमा डम्फुपार्क बनाउने कुरो फुर्यो भनी बताउनुभयो ।
अबका १० देखि १५ दिन भित्रमा सो डम्फुपार्क पुर्ण रुपमा निर्माण सम्पन्न भई उद्घाटन हुने जानकारी दिनुभयो । उक्त डम्फुपार्कको उपभोक्ता समितीको अध्यक्षमा धन सिङ थिङको नेतृत्वमा सानो बजेटबाट ठुलो र महत्वपुर्ण काम भएको देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस