धर्म गुरु विमान सिङ तामाङले गरे आर्थिक सहयोग
1361 Views
रोमन लामा
रामेछाप ११ फाल्गुण खोज मिडिया । साविकको बेथान गा.वि.स. वडा नं ८ हालको सुनापती गाउँपालिका वडा नं ४ को वीर बहादुर तामाङको श्रीमतीको हिजो असामियक निधन भएकोमा उहाँको तामाङ सस्कार अनुसार देह सस्कार गर्ने कार्यमा सुनापती भ्वाँसा च्यारिटी सेन्टर हस्पिटलको अध्यक्ष तथा धर्म गुरु विमान सिङ तामाङले आर्थिक सहयोग गर्नु भएको छ । निज वीर बहादुर तामाङको परिवार शोकमा रहेको बेला केही हदसम्म भए पनि आर्थिक सहायता हुने हेतुका साथ मृतकको श्रीमान वीर बहादुर तामाङलाई नगद रु. १५०००।- आर्थिक सहयोग गर्नु भएको जानकारी सुनापती भ्वाँसा च्यारिटी सेन्टरको सचिव कमान सिङ तामाङले खोज मिडियासँग बताउनुभयो ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा सस्थाको सदस्यहरु बुद वीर तामाङ , सुनमाया तामाङ , विजय तामाङ , शुकराम तामाङ लगायतको उपस्थिति थियो । सुनापती भ्वाँसा च्यारिटी सेन्टरको अध्यक्ष तथा धर्म गुरु विमान सिङ तामाङ केही वर्ष यताका दिनहरुमा सामाजिक कामहरुमा धेरै अग्रणी भुमिकामा रहेको छ । उहाँले संचालन गर्नुभएको सुनापती भ्वाँसा च्यारिटी सेन्टर हस्पिटलले सो गाउँ र नजिकका गाउँका जनताहरुलाई कम खर्चमा उपचार दिने गरेको , एम्बुलेन्स सेवा दिने गरेको , सामुदायिक विद्यालयहरुलाई बेला बेलामा निशुल्क सेनेटरी प्याड वितरण देखि लिएर औषधी उपचार समेत गर्ने गरेको छ ।
देश कोरोना कहरले थिल थिलिएको बेला राज्यको तर्फबाट कुनै पनि खाले सहयोग नपाइराखेको बेलामा सुनापती भ्वाँसा च्यारिटी सेन्टरको अध्यक्ष तथा धर्म गुरु विमान सिङ तामाङको समन्वयमा सुनापती गाउँपालिका भरिका पाँचै ओटा वडाका सम्पूर्ण घर धुरीलाई १ बोराका दरले रु. १,०७,००,८००.- को चामल वितरण गर्नु भएर पछिल्ला दिनहरुमा सुनपाती गाउँपालिका जनताहरुको माझमा वाह वाहको पात्र बन्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस