रामेछापको सुनापतीमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुदैँ
793 Views
रोमन लामा
रामेछाप २८ माघ खोज मिडिया । रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको वडा नं-२ स्थित दिमि पोखरीको सक्षम चौतारा चिस्यान केन्द्रमा तामाङ घेदुङ सुनापति गाउँपालिका रामेछापको आयोजनामा यही माघ ३० गते सोनाम ल्होछारका दिन तामाङ समुदायको महान राष्ट्रिय पर्व सोनाम ल्होछार-२८५७ औं (लाङ ल्हो) म्हें लो अर्थात गाई वर्षको ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुदैछ । उक्त ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको प्रमुखमा अतिथिमा सुनापति गाउँपालिकाको अध्यक्ष धावा लामा र विशेष अतिथिहरुमा उज्यालो नेपालका नायक कुलमान घिसिङ , नेपाल तामाङ घेदुङका कुमार सिङ्ग घिसिङ , धर्म गुरु ङावाङ पाल्देन लामा लगायत अरु अतिथिहरु रहनु हुनेछ ।
उक्त ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुको उपस्थिति रहनेछ। उक्त ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुमा फापारे सेलो गायक वैरागी मोक्तान , सेलो गायकहरुमा प्रयास दोङ , टेक घिसिङ , मिलन मोक्तान , खेम मोक्तान , सुमिना लो , मदन घ्लान नेपाली लोक स्टारका राम कुमार नेपाली , टुङ्ना वाधक तथा गायक विर बहादुर वि.क. लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।
उक्त ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा उपस्थितिका लागि सम्पुर्ण सुनापति गाउँपालिकाबासि लगायत छिमेकी गाउँपालिकाका बासिन्दाहरुलाई जानकारी गरेको कुरा सुनापती गाउँपालिकाका नेपाल तामाङ घेदुङ समितीको अध्यक्ष उतमलाल लामाले खोज मिडियालाई बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस