नमोबुद्द नगरपालिकामा सोनाम ल्होछारको ३ दिन सार्वजानिक विदा
860 Views
रोमन लामा
रामेछाप २६ माघ खोज मिडिया। काभ्रे जिल्लाको नमोबुद्द नगरपालिकाले तामाङ समुदायको महान राष्ट्रिय पर्व सोनाम ल्होछार पर्वको अवसरमा माघ २९ , ३० र फाल्गुन १ गते गरी जम्मा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार-२८५७ औं (लाङ ल्हो) म्हें लो अर्थात गाई वर्षको अवसरमा गाउँपालिकाले तीन दिन सार्वजानिक विदा दिन लागेको नमोबुद्द नगरपालिका नगर प्रमुख टि.पी. शर्माले खोज मिडियासँग बताउनु भयो।
संघीय सरकारले दिने भन्दा बाहेकको स्थानीय निकायले दिन पाउने ७ दिन बिदाहरुमा नमोबुद्द नगरपालिकाले प्रत्येक वर्ष कृष्ण आष्ठमी , बुद्द पुर्णिमा , नगरपालिका स्थापना दिवस र ल्होछारमा गरी ७ दिन बिदा दिने गरेको जानकारी नगर प्रमुख टि.पी. शर्माले बताउनु भयो। प्रत्येक वर्ष ल्होछारमा ३ दिन सार्बजनिक विदा दिने गरेको सोहि अनुरुप यस वर्ष पनि ३ दिन सार्वजनिक विदा हुने जानकारी गर्नुभयो। साथै नमोबुद्द नगरपालिका नगर प्रमुख टि.पी. शर्मालेले आफ्नो नगरपालिकाका नगरबासीलाई तामाङ समुदायको महान राष्ट्रिय पर्व सोनाम ल्होछार-२८५७ औं (लाङ ल्हो) म्हें लो अर्थात गाई वर्षको अवसरमा सुखशान्ति समृद्धि सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो।
प्रतिक्रिया दिनुहोस