जनता समाजवादी पार्टी रौतहटद्वारा राष्ट्रपति बिद्या देवी भण्डारी र प्रधानमन्त्री के.पी. ओलीको पुतलादहन
327 Views

मेवालाल यादव
रौतहट २५ माघ, खोज मिडिया । रौतहटको सदरमुकाम गौरमा जसपा द्वारा प्रधानमन्त्रीको बिरोध गर्दै पुतला दहन गरिएको छ। प्रधानमन्त्री के.पी.ओलीद्वारा गरिएको निर्वाचित प्रतिनिधि सभा विघटन जस्ता असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको विरोधमा जसपा पार्टीद्वारा विरोधी तथा आन्दोलनका निम्न थप कार्यक्रमहरू तय गरिएको निर्देशनअनुसार आइतबारका दिन गौरमा जनता समाजवादी पार्टी रौतहटद्वारा राष्ट्रपति बिद्या देवी भण्डारी र प्रधानमन्त्री के.पी. ओलीको पुतलादहन गरीएको छ।सो कार्यक्रममा प्रदेश सान्सद तथा बिधायक रामकिशोर यादव, अनिल सिंह, धन्जय मिश्रा, युवा नेता श्याम बिहारी यादव,जिल्ला उपसभापति राम आशिष यादव, देवाहि गोनाहि नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेल, मुर्लिधर चौधरी,निडर युवा नेता मो. सकिल अकतर ,लिला साह महिला नेत्री राधा साह, अमन्या खातुन लगायत दर्जनौ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो भन्ने आउंदो २८ गते सदरमुकाम गौर तथा जिल्लाका मध्यभाग गरूडा र चन्द्रनिगाहपुरमा हुने मसालजुलुसमा सहभागी समेत हुने चर्चित बिधायक तथा प्रदेश सान्सद रामकिसोर यादवले जानकारी दिएका हुन।
प्रतिक्रिया दिनुहोस