रौतहटको गौरमा जसपा द्वारा केपी ओलीको पुतलादहन कार्यक्रम सम्पन्न
357 Views

ललन कुमार चौरसिया
रौतहट २५ माघ, खोज मिडिया । जनता समाजवादी पार्टी नेपालले आज रौतहट जिल्लाको सदरमुकाम गौरमा प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध गर्दै पुतला दहन गरिएका छन् । नेकपा प्रधानमन्त्री के.पी.ओलीद्वारा गरिएको निर्वाचित प्रतिनिधि सभा विघटन जस्तैै असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको विरोधमा जसपा पार्टीद्वारा विरोध तथा आन्दोलनका निम्न थप कार्यक्रमहरू तय गरि निर्देशनअनुसार आइतबारका दिन गौरमा जनता समाजवादी पार्टी रौतहटद्वारा राष्ट्रपति बिद्या देवी भण्डारी र प्रधानमन्त्री के.पी. ओलीको पुतलादहन गरीएको छ।
उक्त कार्यक्रममा बिधायक रामकिशोर यादव, अनिल सिंह, धन्जय मिश्रा, श्याम बिहारी यादव, मुर्लिधर चौधरी, लिला साह महिला नेत्री राधा साह, अमन्या खातुन लगायत दर्जनौ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो भन्ने आउंदो २८ गते सदरमुकाम गौर तथा जिल्लाका मध्यभाग गरूडा र चन्द्रनिगाहपुरमा हुने मसालजुलुसमा सहभागी समेत हुने चर्चित युवा नेता श्यामबिहारी यादवले जानकारी दिएका हुन।
प्रतिक्रिया दिनुहोस