रामेछाप जिल्लाको माथिल्लो पहाडी क्षेत्रमा व्यापक हिमपात
475 Views
रोमन लामा
रामेछाप २४ माघ खोज मिडिया। गएको विहिबार देखी देश भरकै मौसममा खरावी आउने व्यापक हिमपात र वर्षात हुने मौसमविद्दहरुको अनुमान स्वरुप यो पटक देशै भर कतै भारी वर्षा त कतै छिटफुट वर्षा भएको छ। यसरी नै हिमाली जिल्ला रामेछापको माथिल्लो भू-भागमा पनि हिउदे वर्षा सँगै व्यापक हिमपात भएको छ । हिजोको सिमसिमे वर्षा र आज दिउँसोबाट नै पानी परे सँगै यस बर्षको पहिलो पटक हिउँ परेको हो ।
रामेछाप जिल्लाको शैलुङ्ग, दोरम्बा , अग्लेश्वर , गाल्पा , लखपति माने , सुनापती डाँडा , लहरेमाने डाँडा घ्लामटाङ्ग लेक लगायतको माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको छ । रामेछापको उच्च हिमाली क्षेत्रमा हिउँ परे संगै हिउँ खेल्नेहरुको जमात लागेको छ। जिल्लाको उमाकुण्ड गाउँपालिका र गोकुगंगा गाउँपालिकाको माथिल्लो पहाडी क्षेत्रमा पनि वर्षा सँगै हिमपात सुरु गरेको छ । हिमपातबाट रामेछापको उच्च क्षेत्रका नागरिकहरुको जनजीवन कष्टप्रद बनेको छ। वर्षा सँगै भएको हिमपातले किसानहरुमा भने हिउदे तरकारी र हिउदे बाली राम्रो हुने आशा जगाएको छ।
प्रतिक्रिया दिनुहोस