सुनापती गाउँपालिकामा पनि सोनाम ल्होछारमा ३ दिन सार्वजानिक विदा हुने
806 Views
रोमन लामा
रामेछाप २० माघ खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तामाङ समुदायको महान राष्ट्रिय पर्व सोनाम ल्होछार पर्वको अवसरमा माघ २९ , ३० र फाल्गुन १ गते गरी जम्मा तीन दिन सार्वजनिक विदा दिने भएको छ। ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गाउँपालिका स्ठापना कालमा नै गाउँ सभाबाट पारित भइ सकेको हुनाले सदाझै यो वर्ष पनि तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार-२८५७ औं (लाङ ल्हो) म्हें लो अर्थात गाई वर्षको अवसरमा गाउँपालिकाले तीन दिन सार्वजानिक विदा दिन लागेको गाउँपालिका प्रमुख धावा लामाले खोज मिडियासँग बताउनु भयो।
प्रत्येक वर्ष ल्होछारमा ३ दिन सार्बजनिक विदा दिने गरेको सोहि अनुरुप यस वर्ष पनि ३ दिन सार्वाजनिक विदा हुने जानकारी गर्नुभयो। साथै गाउँपालिका प्रमुख धावा लामाले आफ्नो गाउँपालिका बासीलाई तामाङ समुदायको महान राष्ट्रिय पर्व सोनाम ल्होछार-२८५७ औं (लाङ ल्हो) म्हें लो अर्थात गाई वर्षको अवसरमा सुखशान्ति समृद्धि सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो।
प्रतिक्रिया दिनुहोस