आरडिसीलाई बदनाम गर्न खोजेको – पारस हुसैन।
434 Views

ललन कुमार चौरसिया
रौतहट १९ माघ, खोज मिडिया। रौतहट जिल्लामा रहेका सकृय गैर सरकारी संस्था ग्रामिण बिकाश केन्द्रले आफ्नो संस्थाको नाम लिएर आएको खबर प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।गौर एक्सप्रेस नामक अनलाइन पोर्टलमा संस्था सङ्ग जोडिएर प्रकाशित समाचार भ्रामक र कपोलकल्पित रहेको दावी गर्दै आफुहरु विधि र पद्धति अनुसार अगाडि बढिरहेको बताइएको छ। रौतहट जिल्लाको विभिन्न पालिकाहरुको सम्नवयमा विभिन्न पालिकाहरुमा काम गरि रहेको सो संस्थाले स्थानिय सरकारको अबधारणा अनुसार नगर प्रमुख सङ्गको समन्वयलाई ब्यक्तिगत प्रभाव र हस्तक्षेप नबुझ्न सबैलाई आह्वान समेत गरेको छ।
ग्रामिण बिकाश केन्द्र सङ्ग सहकार्य दात्री निकायहरु कुनै जाती र सम्प्रदायको लागि मात्रै नभई मानवाताको लागीनै काम गर्ने भएकोले मुस्लिमको समान हिन्दुलाई बाडियो भन्नू उचित नभएको बिज्ञप्तिमा उल्लेख रहेको छ।ग्रामिण बिकाश केन्द्रका अध्यक्ष पारस हुसैनले हस्ताक्षर गरेको बिज्ञप्तिमा संस्थाले कर्मचारी भर्ना गर्दा संस्थाको ऎन र कार्यबिधी अनुसार भर्ना गर्ने गरेको र नक्कली सर्टिफिकेटको अधारमा जागिर दिएको खबर झुठो रहेको जनाएको छ।केही दिन पहिले केही सन्चार माध्यमहरुले ग्रामीण बिकाश केन्द्र रौतहटको कार्यशैली प्रती टिप्पणी गर्दै समाचार सम्प्रेषण गरेको थियो।
प्रतिक्रिया दिनुहोस