रोशी गाउँपालिकाले ल्होछारमा ३ दिन सार्वजानिक विदा दिने
411 Views
रोमन लामा
रामेछाप १९ माघ खोज मिडिया। काभ्रे जिल्लाको रोशी गाउँपालिकाले तामाङ समुदायको महान राष्ट्रिय पर्व सोनाम ल्होछार पर्वको अवसरमा माघ २९ , ३० र फाल्गुन १ गते गरी जम्मा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार-२८५७ औं (लाङ ल्हो) म्हें लो अर्थात गाई वर्षको अवसरमा गाउँपालिकाले तीन दिन सार्वजानिक विदा दिन लागेको गाउँपालिका प्रमुख डिबी मोक्तानले खोज मिडियासँग बताउनु भयो।
प्रत्येक वर्ष ल्होछारमा ३ दिन सार्बजनिक विदा दिने गरेको सोहि अनुरुप यस वर्ष पनि ३ दिन सार्वाजनिक विदा हुने जानकारी गर्नुभयो। साथै गाउँपालिका प्रमुख डिबी मोक्तानले आफ्नो गाउँपालिका बासीलाई तामाङ समुदायको महान राष्ट्रिय पर्व सोनाम ल्होछार-२८५७ औं (लाङ ल्हो) म्हें लो अर्थात गाई वर्षको अवसरमा सुखशान्ति समृद्धि सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो।
प्रतिक्रिया दिनुहोस