सिन्धुली जिल्लाको मुल्कोट नजिक सहश्रधारा सामुदायिक वनमा भिषण आगलागी
1060 Views
रोमन लामा
रामेछाप १९ माघ खोज मिडिया। सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकाको वडा नं-५ स्थित मुल्कोटको सहश्रधारा सामुदायिक वनमा भिषण आगलागी भएको छ। उक्त वनमा आज दिउँसो अन्दाजी २ बजेतिरबाट आगलागी भएको छ। आगलागी नियन्त्रण गर्न त्यहाँका स्थानीय र प्रहरीहरु लागि परेको छ।
स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास जारी रहेको आगाली नियन्त्रण बाहिर गएकोले असम्भव देखिएको छ। त्यसैले आगलागी नियन्त्रणका लागि सुनकोसी गाउँपालिकाको गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहालको पहलमा जिल्लाबाट दमकल पठाइदै गरिएको जिल्ला प्रशासनबाट जानकारी आएको छ। उक्त आगलागीबारे स्थानीय विद्यालयको प्र.अ. तथा शिक्षिका निर्मला श्रेष्ठले खोज मिडियालाई जानकारी दिनुभयो। आगलागीको कारण भने अझैँ खुल्न सकेको छैन।





प्रतिक्रिया दिनुहोस