सेल्फी डाँडामा टाटा सुमो दुर्घटना
772 Views
रोमन लामा
रामेछाप १८ माघ, खोज मिडिया। आज दिउँसो १ बजेर ३० मिनेटमा बि.पी. राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं-२ को बुच्चाकोटको सेल्फिडाँडामा टाटा सुमो दुर्घटना भएको भएको छ। उक्त सुमो दुर्घटनामा टाटा सुमोमा सवार ८ जना घाईते भएका छन् । उक्त सुमो काठमाण्डौबाट सिन्धुली हिँडेको ज १ ञ २३३ नम्बरको सुमोले विपरित दिशाबाट आइरहेको प्रदेश नं ३–०२–००१ प ९७४५ नम्बरको मोटरसाईकललाई जोगाउन खोज्दा उक्त टाटा सुमो एक आपसमा ठोकेर टाटा सुमो पिच सडकबाट ५६ मिटर तल खसेको जानकारी प्रहरी हवल्दार नवराज मैनालीले खोज मिमिडियासँग बताउनु भयो।
घटनास्थलबाट अहिले प्रहरीले उद्धार गरेर उपचारको लागि धुलिखेल पठाई सकेको छ । घाईते मध्ये १ जना अवस्था गम्भिर रहेको बताईएको छ । सो गम्भीर भएको बिरामी सुमो चालक नै रहेको छ जानकारी प्रहरी हवल्दार नवराज मैनालीबाट प्राप्त भयो।
प्रतिक्रिया दिनुहोस