अन्य विद्यालयले पनि सिक्ने पो हो कि राकाथुम मा.वि. सँग
1014 Views
रोमन लामा
रामेछाप १६ माघ खोज मिडिया। रामेछाप जिल्लाको सदरमुकामबाट बि.पी. राजमार्ग हुदैँ यात्रा तय गर्ने हो भने लगभग ३ घण्टामा आई पुगिने सुन्दर गाउँ राकाथुम हो। जुन गाउँ साबिकको राकाथुम गा.वि.स. हालको खाँडादेवी गाउँपालिकाको वडा नं १ मा पर्दछ। यहिँ गाउँमा श्री माध्यमिक विद्यालय राकाथुम अवस्थित छ । श्री माध्यमिक विद्यालय राकाथुममा नै सो वडा नं १ को विद्यालयहरुको स्रोत केन्द्र पनि स्थापना गरेको छ। सो १ नं वडामा पछिल्ला वर्षहरुमा शैक्षिक उन्नयनका गतिविधिहरु प्रसस्त मात्रैमा भएको देख्न र सुन्न सकिन्छ। त्यहाँको शैक्षिक उन्नयनको बाटोमा लागि पर्न त्यस ठाउँको स्थानीय जनताहरु र जनप्रतिनिधिहरुको देन पनि एकदम उल्लेखनिय छ। सो वडा नं १ मा वडा शिक्षा समिती नै निर्माण गरी शैक्षिक उन्नयनका खातिर जोडतोडका साथ लागि परेको छ।
यस्तै कार्यको उदाहरण स्वरुप आज पनि सहिद दिवसको अवसर पारी उक्त वडा नं १ को ५ ओटा विद्यालयहरुको कक्षा ३ मा अध्ययन गर्ने २५ जना विद्यार्थीहरु र कक्षा ५ मा अध्ययन गर्ने ४८ जना विद्यार्थीहरुले आज गणित विषयको परिक्षा स्रोत केन्द्र रहेको श्री माध्यमिक विद्यालय राकाथुममा भएको परिक्षामा सरिक भएको छ। आजको परिक्षामा श्री माध्यमिक विद्यालय, श्री बागेश्वरी आधारभूत विद्यालय , श्री गोपी आधारभूत विद्यालय , श्री भगवती आधारभूत विद्यालय , श्री खाँडादेवी आधारभूत विद्यालय गरि जम्मा ५ ओटा विद्यालयहरुले सहभागिता जनाएको छ। श्री दुधेश्वरी आधारभूत विद्यालय, बेलघारी र श्री कालीदेवी आधारभूत विद्यालय, कोथवेले भने भौगोलिक दुरीको हिसाबले टाढा भएकोले आज भएको परिक्षामा सहभागी हुन् सकेन। ति दुई विद्यालयको कक्षा ३ र ५ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई यहिँ मङ्गलबार आफु अध्ययनरत विद्यालयमा नै परिक्षा दिन पाउने जानकारी स्रोत शिक्षक/मा.वि. राकाथुमका प्र.अ. चक्रलाल श्रेष्ठले खोज मिडियालाई जानकारी दिनुभयो।
आजको परिक्षा कार्यक्रममा कक्षा ३ को तर्फ प्रथम श्री माध्यमिक विद्यालय राकाथुम , द्धितिय श्री माध्यमिक विद्यालय राकाथुम र श्री गोपी आधारभुत विद्यालय खानीगाउँ , तृतीय श्री माध्यमिक विद्यालय राकाथुम तथा सान्त्वना श्री माध्यमिक विद्यालय राकाथुम भएको छ। त्यसै गरी कक्षा ५ तर्फ प्रथम , द्धितिय र तृतीय तिनै स्थान श्री गोपी आधारभुत विद्यालय खानीगाउँ तथा सान्त्वना श्री माध्यमिक विद्यालय राकाथुम भएको छ। परिक्षामा सहभागिता जनाई प्रथम , द्धितिय , तृतीय र सान्त्वना स्थान ओगटने विद्यार्थीहरुलाई सो वडाको वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठले नगदको साथमा कापी र कलम पुरुस्कार वितरण गर्नु भयो।
सोहि क्रममा वडा नं १ राकाथुमका स्रोत शिक्षक/मा.वि. राकाथुमका प्र.अ. चक्रलाल श्रेष्ठले श्री माध्यमिक विद्यालय राकाथुममा प्रारम्भिक बाल विकास कक्षा , कक्षा ९ , कक्षा ११ र कक्षा १२ को प्रत्येक शुक्रवार दिउँसो २ बजे देखि साप्ताहिक परिक्षा लिने र कक्षा १० को प्रत्येक शनिवार ७ बजे परिक्षा लिने गरेको छ जानकारी दिनु भयो।
प्रतिक्रिया दिनुहोस