YSK ग्रुपको प्रस्तुति रहेको तामाङ र्याप “रेवन चस्मा मिरी “म्युजिक भिडियो सार्वजनिक
519 Views
काठमाडौं १० माघ खाेज मिडिया। काठमाडौंको नयाँबजार स्थिति शुक्रबार एक विशेष भव्य कार्यक्रमका बिच “रेवन चस्मा मिरी ” तामाङ र्याप गीतका म्युजिक भिडियो तामाङ कलाकार संघका संस्थापक अध्यक्ष एवम् वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख अातिथ्यतामा सार्वजनिक भएको छ।
YSK ग्रुपको प्रस्तुति रहेको तामाङ र्याप रेबन चस्माले बजारमा अाउने भन्दा अगाडि नै दर्शकले सर्वाधिक रुचाएका गीत हो।
तामाङ र्याप गीतको क्षेत्रमा एकदमै तहल्का मच्चाउने यस बन्यो ।इतिहासमै हेर्ने हो संभवत तामाङ र्याप जगतकै पहिलो गीत हुन सक्छ पहिलोपल्ट हेलिकप्टर प्रयोग भएको छन् ।
वाई. एस. के.(YSK)ग्रुपको शब्द,संगीत रहेको गीतमा वाई.एस. के. र चर्चित गायिका शशिकला मोक्तानको सुमधुर अावाज रहेका छन् ।गीतमा संगित संयोजन कर्साङ लामाले गरेको हुन् भने डिका गुरुङले मिक्सिङ गरेका थिए ।
यस् गीतमा तामाङ समुदायको चर्चित कलाकारहरु चर्चित नायक तथा निर्देशक अमिर दोङ निराञ्जली लामा, रञ्जिता लामा, पुसन लामा, अनुष्का दोङ, कञ्चन लामा, दुधराज तामाङ, राज तामाङ, वाङ्देन तामाङ, कुलधोज तामाङ, संजय तामाङ, कर्मा तामाङ, जिनलप तामाङ, सुनील तामाङ,साथै हास्य कलाकार कुईसाङ रुम्बा लगायतका धेरै कलाकारहरु निकै सशक्त अभिनय गरेका छन् ।
नायक अमीर दोङले निर्देशित म्युजिक भिडियोलाई सकल भुजेलले छायांकन गरेका छन् ।ड्रोन क्याप्टेन अजय तामाङ,सम्पादन दिर्गा खड्का कलारिङ्,राजेन्द्र मोक्तान कोरियोग्राफर कृष्ण ब्लोनले गरेका हुन् ।
मेकअप सरोज बुढाथोकी गणेश बोर .अछामी अस्मिता श्रेष्ठ र सृजना दोङले गरेका थिए।
कार्यक्रममा बिशेष अतिथि वरिष्ठ गायक रोज मोक्तान, चर्चित नायिका तथा फेसन होमका अध्यक्ष रञ्जिता ब्लोन,चर्चित गायक तथा संगीतकार निमा दोङ, चर्चित गायक तथा संगीतकार टीका बोम्जन,चर्चित नायक सागर घिसिङ,गायक सुवास मोक्तान,लगायतका अन्य अतिथि, सञ्चारकर्मी तथा पत्रकारहरुको विशेष उपस्थिति रहेको थियोे ।
कार्यक्रममा अतिथिहरुले मन्तव्य दिने क्रममा वाई. एस. के.(YSK)ग्रुपको निकै प्रसंशाका साथै सांगीतिक यात्रा सफलताको शुभकामना व्यक्त गरेका थिए।
यस म्युजिक भिडियो डम्फू मिडिया अफिसियल युट्युव च्यानलबाट बजारमा ल्याएका छन् ।
उक्त पत्रकार सम्मेलन तथा भिडियो सार्वजनिक कार्यक्रम डम्फू मिडियाका अध्यक्ष एवम् चर्चित नायक अमिर दोङको सभापतित्वमा भएको कार्यक्रमलाई पत्रकार छेडुप लामाले सञ्चालन गरेका थिए।
भिडियो हेर्नुस्
प्रतिक्रिया दिनुहोस