मेयर शेख वकिल र छायाँ नेपालको कार्यकारी निर्देशक कमल थापाले संयुक्त रुपमा छायाँ अपाङ्गता अध्ययन केन्द्र भवन आज शिलान्यास
507 Views
मेवालाल यादव
रौतहट ७ माघ, खोज मिडिया। मेवालाल यादव रौतहट जिल्लाको परोहा नगरपालिका मेयर शेख वकिल तथा छायाँ नेपालको कार्यकारी निर्देशक कमल थापाको संयुक्त रुपमा छायाँ अपाङ्गता अध्ययन केन्द्र भवन आज शिलान्यास गरिएको छ। परोहा नगरपालिका वडा नं ६ भेडियाही स्थित छायाँ अपाङ्गता अध्ययन केन्द्रको भवन हाताभित्र एकसमारोहका बिचमा बुधबारका दिन मेयर शेख वकिल तथा छायाँ नेपालको कार्यकारी निर्देशक कमल थापाको विधिवत् रुपले ब्रह्ममणद्धारा मन्त्रोचारण पश्चात भवनको शिलान्यास गरिएको हुन ।
परोहा नगरपालिका तथा छायाँ नेपालको आर्थिक सहयोगमा उक्त भवनको शिलान्यास गरिएको हुन। रौतहट जिल्लामा बहिरा, दृष्टिविहीन, को जिल्लाको विभिन्न विधालयमा पाठक पाठन भइरहेको हुनाले प्रदेश न २ मा कुनै विधालयमा शारीरिक अपाङ्ग बालबालिकालाई राम्रो शिक्षा नमिलनका कारणले नमुनाको रुपमा यो विधालयको शिलान्यास गरिएको मेयर शेख वकिल बताउनुभयो। छाया नेपालको सहयोगमा परोहा नगरपालिका वडा नं ६ भित्र २८ लाख ५० हजार लगतमा ३ काठा जग्गा खरिद गरि भवनको शिलान्यास गरिएको हुन।
परोहा नगरपालिकाको कोष बाट कुल १४ लाख २७ हजार २ सय ३६ रुपैयाँ तथा छायाँ नेपालको तर्फ बाट कुल ४२ लाख ८१ हजार ७ सय ९२ रूपैयाँको लागतमा छायाँ अपाङ्गता अध्ययन केन्द्रको चारकोठे भवन निर्माणको कुल जम्मा रकम ५७०९०२८ सन्तावन लाख नौ हजार अठाइस रुपैयाँ हुनलागेको Ndwa – Nepal को अध्यक्ष राजेश साहले जानकारी दिएका हुन् । उक्त कार्यक्रममा परोहा नगरपालिका वडा नं ६ का वडाअध्यक्ष जितेन्द्र पटेल अध्याक्षता ग्रहण गरि कार्यक्रमको प्रमुख अतिथि शेख वकिल तथा विशिष्ट अतिथि छायाँ नेपालको कार्यकारी निर्देशक कमल थापाले, अतिथिको रुपमा रामबाबु पटेल, नेकपा नगर अध्यक्ष श्यामबालक पटेल, नगरपालिकाको ईन्जिनियर दिपेन्द्र यादव, तरूण दलका जिल्ला अध्यक्ष नैसाद आलम, सिबिएमको प्रमुख राजेश मस्डी, पत्रकार ललन कुमार चौरसिया विभिन्न राजनीतिक दलका नेताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, बुद्दिजीवी लगायतका उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस