२५ वर्षीय अर्जुन दासको ह*त्या
907 Views
कैलाली, ४ पुस खोज मिडिया । कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको ह*त्या भएको छ ।
टाउको का*टेर छु*ट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक बनमा शनिबार उनको श*व भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताएका छन । ह*त्यामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको डिएसपी जोशीले बताए ।
ह*त्यापछि कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको श*व भेटिएको छ । श*व बाँधेको ठाउँ नजिकै टाउको फेला परेको छ । अर्जुन दास गाउँमै मजदुरी गर्थे । बुवा–आमा भारतमा बस्छन् । उनी पत्नी र दुईवटा बच्चासँगै कैलालीमा बस्दै आएका थिए ।





प्रतिक्रिया दिनुहोस