आजको सुनको बजार मुल्य
602 Views
कास्की , ४ पुस खोज मिडिया । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महसंघले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस