आज देखि १२-१७ वर्ष सम्म उमेरका समुहलाई कोभिड्को खोप लगाईदै
588 Views
काठमाडौं, ४ पुस खोज मिडिया । नेपाल सरकारले आज आइतबारदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई को*रो*ना भा*इर*सविरुद्धको खोप लगाउँदै छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आइतबारदेखि १४ पुससम्म विद्यार्थीलाई लगाउन लागेको जनाएको छ । प्रदेश नं १ को ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, उदयपुर, सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइने जनाएको ।
दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप, मकवानपुर, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा, पर्वत, रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम, सल्यान, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाइने भएको छ ।





प्रतिक्रिया दिनुहोस