ट्राफिक कारबाहीमा परे अब तत्कालै जरिवाना तिरेर कागजात फिर्ता पाइने
1151 Views
काठमाडौँ, २३ मंसिर खोज मिडिया ।
ट्राफिक कारबाहीमा परे अब तत्कालै जरिवाना तिरेर कागजात फिर्ता पाइने भएको छ। महानगरीय ट्राफिक प्र*हरी महाशाखाले बिहीबारदेखि यो व्यवस्था लागू गरेको हो।
उपत्यकामा ट्रा*फिक प्र*हरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान थालेको भन्दै सेवाग्राहीलाई सहज सेवा दिन यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
महाशाखाका अनु्सार सवारी चालकहरुले ट्रा*फिक नियम उल्लंघन गरे पश्चात ट्रा*फिक प्रह*रीले जारि गर्ने २४ घण्टे पुर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने सकिने छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले एक कार्यक्रमबीच प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट” (इन्स्ट्यान्ट पेमेन्ट सिस्टम) को सुरुवात गरेका हुन्।
सो अवसरमा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुदै गएको उल्लेख गर्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरि थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको सुरुवात गरिएको बताए।
पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरि पाँच वटा ट्रा*फिक कार्यालयबाट शुरु गरिएको यो सेवालाई क्रमशः अन्य कार्यालयमा समेत बिस्तार गरिने महाशाखाले जनाएको छ।
मा*दक प*दा*र्थ सेवन गरि सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्रा*फिक जनचेतनामुलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने महाशाखाले जनाएको छ।





प्रतिक्रिया दिनुहोस