पोखरामा सरकारी जग्गा भएको ठाउँमा व्यक्तिको नाममा घर बनाएर दिने भन्दै ठ*गी गर्ने युवक जेल चलान
963 Views
कास्की, २३ मंसिर खोज मिडिया ।
पोखरामा सरकारी जग्गा भएको ठाउँमा व्यक्तिको नाममा घर बनाएर दिने भन्दै ठ*गी गर्ने एक युवक जेल चलान भएका छन् । पोखरा महानगरपालिका -१४ स्थित भोटे चौतारामा रहेको सरकारी जग्गामा घर बनाएर उपलब्ध गराउँछौ भनी स्थानीयबाट रकम ठ*गी गर्ने मध्येका मुख्य योजनाकार स्याङ्जा भिरकोट -८ घर पोखरा -९ बस्ने ३३ वर्षीय उत्तम बि.क. भनिने खेम बहादुर बस्याल कास्की कारागार चलान भएको बताएका छन ।
भूमि सम्बन्धी समस्या समाधान आयोगको आधिकारिक लेटर प्याड, रबर छाप र अध्यक्षको दस्तखत किर्ते गरी ठ*गी गर्ने कार्यका मुख्य योजनाकार बस्याललाई कास्की जिल्ला अदालतले ठगी मुद्दामा दुई लाख र लिखत सम्बन्धी मुद्दामा एक लाख ५० हजार धरौटी रकम माग गरेको थियो । माग बमोजिमको धरौटी रकम जम्मा गर्न नसकेपछि बस्याल बुधबार जेल चलान भएको कास्की प्र*हरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
भोटे चौताराको सरकारी जग्गामा घर बनाइदिने भन्दै मानिसहरूबाट नौ लाख ४६ हजार ठ*गी गर्ने मुद्दाका मुख्य योजनाकार बस्याल फ*रार रहेकोमा यही मंसिर १९ गते प्रहरीले प*क्राउ गरी कास्की जिल्ला अदालतमा पेस गरेको थियो ।
उनी वि*रुद्ध झिल्के परियार समेत २१ जना पीडित व्यक्तिहरूले ठ*गी सम्बन्धी कसुरमा जाहेरी दर्ता गरी मु*द्दा अनुसन्धानको क्रममा रहेको र वैदेशिक रोजगार विभागले समेत प*क्राउ पुर्जी जारी गरेको प्रह*रीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस