२५ विधामा मिडिया अवार्ड वितरण गरिदै
659 Views
काठमाडौँ, २३ मंसिर खोज मिडिया ।
नेपाल मिडिया अवार्ड २०७८ आगामी २४ पुसमा आयोजना हुँदैछ । उक्त अवार्ड २५ विधामा वितरण हुने र विभिन्न विधामा योगदान दिएका सञ्चारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताए ।
गत वर्ष १० औं नेफ्टा फिल्म अवार्ड आयोजनामा सहकार्य गरेको ड्रिम हाई नेपाल प्रालिले यो अवार्ड गर्न लागेको हो । मिडियामा राम्रो काम गरिरहेकोलाई थप उर्जा र हौसला प्रदान अवार्डले गर्ने आयोजक संस्थाका प्रबन्ध निर्देशक कमल जिसीले बताए ।
अवार्डका लागि मुख्य प्रायोजनको रुपमा एलआईसि.नेपाल “लाइफ इन्स्योरेन्स करर्पोरेसन लि.”ले सहकार्य गरेको छ । मिडिया अवार्डमा सहकार्य गर्न पाउँदा खुशी लागेको एलआईसि नेपालका प्रमुख लक्ष्मी प्रसाद दासले बताए ।
नेपाल पत्रकार महासंघको सहकार्य समेत रहेको अवार्ड निष्पक्ष र प्रतिष्ठित बनाउने प्रयास भइरहेको आयोजकले जनाएको छ ।
टेलिभिजन, छापा, मिडिया, एफ.एम. रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत सञ्चारमाध्यम र सञ्चारकर्मीको पछिल्लो एकवर्ष यताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर कार्यक्रममा अवार्ड र सम्मान प्रधान गरिनेछ ।





प्रतिक्रिया दिनुहोस