जिदिम्मापातेलकी १६ वर्षीया सुस्मा तिवारीको जिब्रो सुन्निएर मुख बाहिर निस्किए
837 Views
खोटाङ, २३ मंसिर खोज मिडिया ।
खोटाङकाे ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्क काे जिदिम्मापातेलकी १६ वर्षीया सुस्मा तिवारीको जीब्राे सुन्निएर मुख बाहिर निस्किएको छ । सुन्निएका कारण जिब्राेले अस्वभाविक आकार लिएपछि उनलाई खाना खान र बोल्नसमेत गाह्राे भएकाे बुवा दिनेश तिवारीले बताएका छन । उनी घरकी जेठो सन्तान रहेकी छिन ।
उनका अनुसार सुस्मा जन्मेको एक/डेढ वर्षको उमेरमा जिब्राे बढेर बाहिरै निस्कन पुगेको बताए । जिब्राेमा देखिएका ससाना बिबिरा बढ्दै जाँदा उनको जिव्रो मुखभरीको बनेको परिवारले बताए ।
उनी स्थानीय त्रिभुवन माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छिन् । सानैछँदा उपचारका लागि फाप्लु “सोलुखुम्बु” र काठमाडाैं पुर्याइए पनि रोग पत्ता नलागेकाे तिवारीले बताएका हुन् ।
मुखबाट बाहिर निस्केको जिब्रोलाई उनले रुमालले ढाक्ने गरेकी बताउछन । बाहिर निस्केको जिव्रोबाट निरन्तर र्याल झर्ने गरेको बताए । सुतेको ठाउँमा र्यालले सिरानी भिज्ने गरेको समेत बताए ।
उपचार गर्न आर्थिक अभाव ;
सुस्माकाे उपचारका लागि परिवारलाई आर्थिक समस्या रहेको बताएका छन । कमजोर आर्थिक अवस्थाका कारण सुस्मालाई सुविधा सम्पन्न अस्पतालमा पुर्याएर उपचार गर्न नसकिएको सुस्माको बुबा दिनेश बताउँछन् ।
उनकाे उपचारका लागि सुनसरीमा सहयोग अभियान थालिएको छ । पुर्खौली थलो खोटाङ भइ हाल इटहरी बसिरहेका सविन भट्टराई “खत्री” र धुर्व अधिकारीको अगुवाईमा सुस्माको उपचार सहयोग अभियान थालिएको जनाएको छ ।
नोबेल अस्पताल बिराटनगरका डा.आशिषलाल श्रेष्ठको परामर्शमा उनको जिब्राेको उपचारका लागि आर्थिक संकलन अभियान थालिएको अभियान्ता भट्टराईले बताए । “सुस्माका ” बोटमा मा जानकारी भएपछि ५ हजार खर्च पठाएर इटहरीमा बोलायौँ ।
नोबेलमा लगेर देखायौँ, भट्टराईले भने, “डा.आशिषलाल श्रेष्ठले ६/७ लाख खर्च जम्मा गरेर केएमसी लैजाने परामर्श दिनु भएको छ । उपचार गर्दा निको हुने जानकारी पाएका छौँ ।” सुस्माको उपचारका लागि एक लाख सहयोग जम्मा भइसकेको बताए ।





प्रतिक्रिया दिनुहोस