पूर्वी युरोपमा कोभिड संक्रमितको संख्या बढ्दो क्रममा
647 Views
एजेन्सी, २२ मंसिर खोज मिडिया ।
पूवीं यूरोपमा को*भिड सं*क्र*मितको संख्या निरन्तर बढिरहेको छ । यहाँ सं*क्रमि*तको संख्या दुई करोड नाघ्ने अनुमान गरिएको छ । पूर्वी युरोपको जनसंख्या विश्वको कूल जनसंख्याको ४ प्रतिशत मात्र भए पनि विश्वभरका सं*क्रमितमध्ये २० प्रतिशत सं*क्रमि*त यहाँ छन् ।
पूर्वी युरोपका तीन देशहरु रसिया, युक्रेन र रोमानियामा सं*क्र*मितको संख्या उच्च छ । युक्रेनमा जम्मा १९ प्रतिशतले खोप लगाएका छन् । पूर्वी युरोपमा प्रतिबन्ध खुकुलो पारेसँगै घरभित्रका समाजिक जमघट बढ्दा सं*क्रमि*तको सख्ंया पनि बढेको विश्व स्वास्थ्य संगठन “डब्लूएचओ” ले जनाएको छ । बुलगेरियाको राजधानी सोफियामा र अन्य सहरमा खोप अनिवार्य गरिएको छ ।
पूर्वी युरोपमा सबैभन्दा बढी रसियामा सं*क्रमि*त देखिएका छन् । रसियामा हरेक पाँच मिनेटमा १२० जनामा को*रो*ना पो*जेटिभ देखिएको छ । रसियामा आधा भन्दा थोरै मानिसले खोप लगाएका छन् । खोपप्रतिको अविश्वासका कारण धेरैले खोप नलगाएका हुन् ।
पूर्वी युरोपमा खोप नलगाउने जमात पनि बढ्दो छ । सबैभन्दा धेरै हंगेरीका मानिसहरुले खोप लगाउन अनिच्छा देखाएका छन् । हंगेरीमा जम्मा ६२ प्रतिशतले पहिलो डोज लगाएका छन् । युरोपेली देशमा नयाँ सं*क्र*मितको संख्या दिनहुँ बढिरहेको छ । यहाँ औषतमा देनिक ८३ हजार नयाँ सं*क्रमि*त भेटिएका छन् ।
यसैबीच, युरोपेली युनियनका तीनमध्ये एउटा देशका बासिन्दा त्यहाँको स्वास्थ्य उपचार प्रणालीप्रति विश्वास नगर्ने युरोपेली आयोगले गरेको एउटा सर्बेक्षणमा जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस