दूरसञ्चार कम्पनीमा प्रबन्ध निर्देशकका लागि दर्खास्त आह्वान
533 Views
काठमाडौं, २२ मंसिर खोज मिडिया ।
सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दर*खा*स्त आ*ह्वा*न गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी विज्ञापन आ*ह्वा*न गरेको हो ।
३५ वर्ष पूरा भई ५६ वर्ष ननाघेका तथा मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङमध्ये कुनै विषयमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।
प्रबन्ध निर्देशकका लागि नेपाल दूरसञ्चार कम्पनी वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको व्यवस्थापकीय पदमा तीन वर्षदेखि १२ वर्षको कार्यअनुभव भएको हुनुपर्ने र ७ पुसभित्र आवेदन दिन सकिने बताएको छ ।





प्रतिक्रिया दिनुहोस