भारतीय रक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दु*र्घ*ट*ना
458 Views
कास्की, २२ मंसिर खोज मिडिया । भारतीय रक्षा प्रमुख “चीफ डिफेन्स स्टाफ” विपिन रावत चढेको हेलिकोप्टर दु*र्घ*टनाग्रस्त भएको छ ।
रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सीरीज हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा ख*राब मौसमका कारण दु*र्घट*ना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।
घ*ट*नास्थलबाट तीन जनाको उद्धार गरेर अस्पताल लगिएको छ । केही श*व जलेको अवस्था फेला परेको र अन्यको खोजी कार्य चलिरहेको छ । उद्धारका लागि वायुसेनाको टुकुडी, प्र*ह*री र स्थानीय खटिएका छन् ।
दु*र्घट*नामा परेका रक्षा प्रमुख रावतको अवस्था अज्ञात छ । इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।





प्रतिक्रिया दिनुहोस