१६ वर्षीया बालिकालाई बनिन गाउँपालिका अध्यक्ष बनाईयो
615 Views
ललन कुमार चौरसिया,
रौतहट,१४ मंसिर खोज मिडिया ।
सर्लाही जिल्लाको पर्सा गाउँपालिकाकी एक १६ वर्षीया बालिकाकी एक दिनका लागी गाउँपालिकाको अध्यक्ष पदको लागि जिम्मेवारी दिएका हो ।
अधिकारको संरक्षण हामी सबैका लागि जिम्मेवारी” भन्ने नाराका साथ जारी रहेको १६ दिने लैंगिक हिंसा विरुद्ध अभियान कार्यक्रमको अवसरमा मंगलबारको दिन एक कार्यक्रमको आयोजना गरि सो गाउँपालिका अध्यक्ष किशुनदेव राय यादवले बाल क्लबका अध्यक्ष अंजली कुमारी साहलाई एकदिने अध्यक्ष पदको प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्षको कुर्सी हस्तान्तरण गरेका हुन ।
आज भन्दा झन्डै २ महीना पहिला पनि हाम्रो देशमा अनिल कपुरको इन्डियन फिल्म जस्तै १८ वर्षिया स्वस्तिका बख्रेल एक दिनको लागि सिन्धुलीको कमलामाई नगरपालिकाको नगर प्रमुखमा नियुक्त हुनुभएका थियो ।





प्रतिक्रिया दिनुहोस