पानीको सहजता पछि मुहार फेरेको गाउँ कालाबाङ घरेडी
493 Views
पोखरा,१४ मंसिर खोज मिडिया । कुनै समयमा पँधेराबाट पानी मात्रै ल्याउन कम्तिमा २ घण्टा खर्चिनु पर्दथ्यो । गाउँका मानिसहरु पानी कै समस्याले वसाई सरी जान वाध्य भएका थिए । कुनै वेला गाउँ रित्तो हुदै गएको थियो तर आज पानीको सहजता पछि गाउँ फर्किनेको संख्या दिनानुदिन वढ्दै गएको छ ।
मंगलबार कालावाङ घरेडी सामुदायीक होम स्टेको भवनमा आयोजना भएको एक कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २२ कालाबाङस्थित छहरे न्हेमे कालावाङ खानेपानी तथा सरसफाइृ व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर गुरुङले समितिको प्रगति प्रतिवेदनमा व्यक्त गरेका हुन् ।
उनले गार्खा वेलफेयर पोखरा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको खानेपानी योजनाको हालसम्मको विवरण पनि प्रस्तुत गर्दै गाउँमा खानेपानीको सुबिधाले नै गाउँलेको जिवनस्तरका साथै शिक्षा, स्वास्थ्य र पर्यटन विकासमा उच्च योगदान रहेकोले दाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
साथै उनले पानीको पर्याप्त उपलब्धताको कारण गाउँलेहरुले संचालन गरेको सामुदायीक होम स्टे गण्डकी प्रदेश कै उत्कृष्ट भएको र होम स्टेले ग्रामिण पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको वताएका थिए ।
वेलायती राजदुतावासका वास एण्ड रिकन्स्ट्रक्सन एडभाईजर कमला केसी, सिनियर प्रोग्राम मेनेजर प्रतिमा रन्जित र प्रोग्राम सर्पोट अफिसर साल्लु प्रधानले गाउँमा खानेपानीको अवस्थाको वारेमा जानकारी लिदै योजना अगाडि र हालको स्थितिको बारेमा विभिन्न जिज्ञासा राख्दै सधैं दाताहरुको मात्र मुख नताक्न र स्थानिय तहसंग समन्वय गरी काम गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा गोर्खा वेलफेयर ट्रस्ट नेपाल, आर डब्लु इ पि पि पोखरा कार्यलयका कार्यक्रम निर्देशक दिपक श्रेष्ठ, ईन्जिनियरिङ बिभाग प्रमुख इन्जिनियर दानबहादुर जिरेल, एम एण्ड इ अफिसर प्रतीक गुरुङ, लेखा अधिकृत चाँदनी माकाजु लगाएतले खानेपानीको धारा, टंकीहरुको अनुगमन गरेका थिए ।
सहभागीहरुले गाउँमा रहेको भगवती आधारभुत विद्यालयले पानीको सहज उपलब्धता पछि नै कफि खेती गरेर विद्यालयका केही निजि शिक्षकको पारिश्रमिक तथा सेवा सुविधाहरु प्रदान गर्दै आएको वताए ।











प्रतिक्रिया दिनुहोस