सिरहाको मुसहरनियामा भन्सार छलिका दुई ट्रक
439 Views
लहान, १४ मंसिर । भन्सार छली गरी नेपाल ल्याएको दूई वटा ट्रक सिरहाको धनगढीमाई नगरपालिकामा फेला परेको छ । भन्सार छली गरी करीब बर्षोदेखि धनगढीमाई न पा ९ मुसहरनियाको एक आँपको फुलवारीमा राखिएको छ ।
भन्सार छलीको ट्रकवारे जिल्ला ट्राफिक कार्यालय लहानलाई जानकारी भए लगतै मंसिर १३ गते दिउँसो १।३० तीर प्रहरीले सो स्थलमा पुगेका थिए । त्यस लगतै भन्सार कार्यालय खैरटोका सिरहालाई जानकारी भए । माडर भन्सारले एक बर्षभित्र यस्तो ट्रकको भन्सार नकाटेको बताए ।
त्यस लगतै जिल्ला ट्राफिक कार्यालय लहानबाट इन्स्पेक्टर दानबहादुर मिरिँगचिँग त्यस ट्रक भएको स्थलमा पुगे । ट्राफिक इन्स्पेक्टर ४ बजेतीर त्यहाँ पुग्दा भन्सारको कागजात नभएको देखियो । त्यसपछि मंसिर १३ गतेकै मितिमा दिउँसो ५ बजेर १९ मिनेटमा काटिएको रसिद सहित इन्स्पेक्टर मिरिँचिँगलाई थमाएको छ । इन्स्पेक्टर मिरिँचिँगले साँझ ७ बजेतीर पत्रकारलाई सो रसिद इमेल गरेको छ ।
बर्षोदेखि भन्सार छली गरी राखिएको ट्रकको जाँच पडताल हुँदा विरगन्ज भन्सारले घुस लिएर भन्सार काटिएको स्थानीयको दावी छ । विरगन्ज भन्सार नपुगेका ट्रकको भन्सार कसरी काटियो रु स्थानीयले प्रश्न गरेको छ । भन्सार कार्यालय विरगन्ज सम्पर्कविहीन बनेको छ । उक्त आर जे १९ ई १४२८ र आर जे ०६ ई ए ओ ८८९ नम्बर बोर्डिङ्ग गाड्ने दुई वटा ट्रक राखिएका छन् ।
प्रहरी प्रशासन र केही नेताहरुको मिलोमतोमा उक्त ट्रकको भन्सार छली भएको रहस्य खुलेको छ । धनगढीमाई नगरपालिकाका उपमेयर फुलकुमारी श्रेष्ठको घर उत्तर पश्चिम छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको आँप गाछी भएको जग्गामा उक्त ट्रक राखिएको छ । नाम नखोल्ने शर्तमा एक जना स्थानियले भने उक्त ट्रकलाई संरक्षण गर्नमा ठूलो पहुँचवालाको संलगनता छ , ’त्यसैले सत्य तथ्य छानविनका लागि प्रहरी प्रशासनलाई चुनौती छ ।





प्रतिक्रिया दिनुहोस