“राखेप” पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको नि*ध*न
632 Views
काठमाडौँ, ८ मङ्सिर खोज मिडिया ।
राष्ट्रिय खेलकुद परिषद् “राखेप” का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको नि*ध*न भएको छ।
नशा सम्बन्धी रो*गबाट पी*डित ५० वर्षीय शेर्पाको बुधबार बिहान ३ बजेतिर नि*ध*न भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए ।
पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहँदै आएका शेर्पाले त्यसअघि अमेरिका, चीन र भारतलगायतमा गएर उपचारसमेत गराएका थिए। तर उल्लेख्य सुधार नभएपछि उनी स्वदेश फर्किएका थिए।
अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष हुन्। उनको अन्तिम संस्कार र श्रद्धाञ्जली कार्यक्रममा लागि परिवारसँग छलफल भइरहेको महासचिव थापाले जानकारी दिए।





प्रतिक्रिया दिनुहोस