छायाँ नेपाल द्वारा छाया अपाँगता अध्ययन केन्द्र भवनको उद्घाटन
712 Views
ललन कुमार चौरसिया।
रौतहट, ८ मंसिर खोज मिडिया ।
रौतहट जिल्लामा छाया अपाँगता अध्ययन केन्द्रको भवन आज परोहा नगरपालिकाका मेयर शेख वकिल तथा छायाँ नेपालको कार्यकारी निर्देशक कमल थापाको संयुक्त रुपमा उदघाटन गरेकाे हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर वकिलले परोहा नगर भारीका अपाँगता भएका विद्यार्थीलाई अध्ययन गर्नका लागि सुनोलौ अवसर प्राप्त भएको बताए । प्रदेश भरीका कुनै ठाउँमा अपाँगता भएको वाल बालिकालाई अध्ययन गराउने विद्यालय नभएको अवस्थामा आज परोहा नगर पालिकामा शुरु भएको प्रति हर्षित छु बताए । यस विद्यालयमा छात्रा छात्र अवास सहित अध्ययन गराउने भवन बनेको बताए ।
अपाङ्गता भएका बाल बालिकालाई यस बिद्यलयमा नमाकरण गर्न अपिल समेत नगरवासी समक्ष गरे । अध्ययन केन्द्रमा अपाङ्ग भएका बाल बालिकालाई अध्यापन गराउन अवसर प्राप्त भएको उनले बताए ।
रेड च्यारिटी , नमस्ते फाउन्डेसन ,छाया लिक्टेन्स्टाइन,कार्नेभाली फाउन्डेसन , छाया अष्ट्रिया तथा परोहा नगरपालिकाको आर्थिक सहयोग एवं छाया नेपालको कार्यान्वयन साथै राष्ट्रिय अपाङ्ग कल्याण संघ नेपाल रौतहटको सहकार्यमा सो भवन निर्माण भएको हो । ३० लाखको गतमा ३ कठा जग्गा खरिद गरी ५७ लाखमा भवन निर्माण भएको संघका सचिव ललन राउत बरैले बताएँ ।
सो कार्यक्रमको अवसरमा छायाँ अष्ट्रियाका प्रमुख सबिना क्लोत्ज ,,छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा ,नेपाली काग्रेस २ ख का सभापति रामबाबु पटेल ,परोहा नगर पालिकाका नेकपाका अध्यक्ष श्यामबालक पटेल , नेपाली काग्रेस तरुल दलका नेता शेख जुमाई ,नेपाली काग्रेस परोहाका उपसभापति प्रबुध अन्सारी लगायतका वक्ताहरुले आ आफनो सुझाव तथा सल्लाह दिएका थिए । राष्ट्रिय अपाङ्ग कल्याण संघ नेपालका अध्यक्ष राजेश साहको अध्यक्षतामा सम्पन्न भएको हो ।







प्रतिक्रिया दिनुहोस