पुलबाट खसेर साइकलयात्रीको मृ*त्यु
344 Views
नवलपरासी, ८ मङ्सिर खोज मिडिया
पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर एक साइकलयात्रीको मृ*त्यु भएको छ।
नवलपरासी “बर्दघाट–सुस्तापूर्व”को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पु*लबाट ख*सेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृ*त्यु भएको हो।
प्र*हरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मंगलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खो*लामा ख*सेका थिए। उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृ*त्यु भएको हो।





प्रतिक्रिया दिनुहोस