नियमावली बनाउँदा न्यायाधीश नै चिप्लिएपछि
829 Views
काठमाडौँ, ८ मङ्सिर खोज मिडिया ।
करिब चार साता आन्दोलन गरेर गत बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरूले आफ्नै सक्रियतामा सर्वोच्चको पूर्ण बैठक राखे ।
न्यायपालिका शुद्धीकरणका लागि भन्दै कानुन व्यवसायीसँगै इजलास बहि*ष्का*र गरेर आन्दोलनमा होमिएका सर्वोच्चका न्यायाधीशहरू गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्ने भन्दै सहमतिमा पनि पुगे ।
कानुनको अन्तिम व्याख्याताका रूपमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरू नै सम्मिलित फुलकोर्टले बनाएको नियममा पनि त्रु*टि रह्यो, जसका कारण नियमावली संशोधन भई निर्देशिका बनेको एक साता हुँदा पनि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी व्यवस्थापन सुरु हुन सकेको छैन ।
एक साता अघि बुधबार सर्वोच्च अदालतका २० मध्ये १८ न्यायाधीश (प्रधानन्यायाधीश बिनाको फुलकोर्ट र एक न्यायाधीश अमेरिकामा) बसेर सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै निर्देशिका समेत पास गरे ।
सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गर्दै पेसी तोक्ने व्यवस्था प्रधानन्यायाधीशले नभएर ‘पेसी व्यवस्थापन निर्देशन समिति’ले गर्ने निर्णय गरे ।
अनि प्रधानन्यायाधीशले तोकेको पेसीमा नबस्ने र उनीसँग बेञ्च सेयर पनि नगर्ने घोषणा गरेका न्यायाधीशहरू त्यसपछि नियमित इजलासमा फर्कने तयारी थियो ।





प्रतिक्रिया दिनुहोस