४५ लाखको चेक २७ हजार नगद र चितुवाको छालासहित चार जना प*क्रा*उ
627 Views
सुर्खेत, ६ मङ्सिर खोज मिडिया ।
सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरबाट तीन थान दु*र्लभ चितुवाको छालासहित चार जना प*क्रा*उ परेका छन्। प*क्रा*उ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन्।
आरोपितलाई जिप्रकाले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। जिप्रका सुर्खेतका प्र*हरी प्रमुख प्र*हरी उपरीक्षक पदमबहादुर विष्टले प*क्रा*उ परेका विमल र कमल शाहीबाट एक/एक थान लाभा, ओपेन्द्र र चक्रबहादुर शाहीबाट एक/एक थान रेड/रियल्मी मोबाइल बरामद गरिएको बताए।
यसको साथै चक्र शाहीले बोकेको कालो रङ्को झोलामा रु ४५ लाख उल्लेख गरी द*स्त*खत गरेको चेकसमेत बरामद गरिएको प्र*ह*री उपरीक्षक विष्टले बताए।
सोही व्यक्तिको साथबाट रु २७ हजार नगदसमेत बरामद गरिएको र पक्राउ परेका चारै जनालाई अनुसन्धान तथा आवश्यक कार*बाही लागि डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाइएको जिप्रकाले जनाएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई प*क्रा*उ गरेको बताए।
“विशेष सूचनाको आधारमा सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकास्थित बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ मा शङ्कास्पदरुपमा बसिरहेका अवस्थामा चारैजनालाई खानतलास गर्दा जेब्रा झोलामा प्लाष्टिकको बोराभित्र राखेको तीन थान चितुवाको छाला भेटियो” उनले भने !





प्रतिक्रिया दिनुहोस