कृषि सामग्री संस्थान द्वारा लापरबाही :किसान मर्कामा
1122 Views
ललन कुमार चौरसिया
रौतहट, ०५ मंसिर खोज मिडिया ।
रौतहट जिल्लामा रहेको कृषि सामग्री संस्थान लिमिटेड शाखा कार्यालय चन्द्रपुरको लापरबाहीले गर्दा किसानहरु मार्कामा परेको हो ।
बिगत दिन देखि नै प्रादेशिक कार्यालय बाट डि.ए.पि.रासायनिक मल केही मात्रामा आई पुगेको तै पनि बिक्री बितरण गर्न अतेरी गरिदै आई रहेको हो ।
कृषि सामग्री संस्थन लिमिटेड शाखा कार्यालय चन्द्रपुरको प्रमुखका कारणले अहिले सम्म बिक्री बितरण गर्नुको साटटा अतेरी गर्दै आएको हो ।
अहिले किसनाहरुको मुख्य खेती दलहन, तोरी, गेहूँ लगाउने बेलामा आफ्नै देशको अनुदानित डी.ए.पि. खाद्य हुदा हुदै किसानहरुले छिमेकी देश भारतको आशामा पर्खि बसिरहेको हो ।
यो निमुखा किसानहरुलाई कहिले समयमा रासायनिक मल पाउनेछ त? किन रौतहटको कृषि सामग्री संस्थान लिमिटेडको प्रमुख ज्युले अतेरी गरिदै छन् त?





प्रतिक्रिया दिनुहोस