श्रीमती वि*ष खुलाई ह*त्या गरेको आरोपी दुई वर्षपछि प*क्रा*उ
448 Views
बरसाईन , ५ मंसिर खोज मिडिया ।
बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँ श्रीमतीको ह*त्या आ*रोपमा प*क्रा*उ परेका छन् । दाइजोमा मोटरसाइकल र नगद नदिएको भन्दै विष खुवाएर पत्नीको हत्या गरेको आरोपमा लुकमान आइतबार पक्राउ परेका हुन् ।
लुकमानसहित परिवारका सदस्यहरू मिलेर २ फागुन ०७६ मा २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर ह*त्या गरेको आ*रोप छ । घ*ट*नाको बिषयमा मृ*त*कका बुबा जहिरुदिनले इलाका प्र*हरी कार्यालय कडरबोनामा जाहेरी दिएका थिए । प्रह*रीले जा*हेरी दर्ता नगरेपछि जहिरुदिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मु*द्दा दायर गरेका थिए ।
उच्च अदालतले २९ मंसिर ०७७ मा लुकमानलाई पक्राउ गर्ने परमादेश दिएको थियो । जाहेरीअनुसार लुकमानकी आमा (मृतककी सासु) ४५ वर्षीया सकिना खातुन, सोही ठाउँका ५५ वर्षीय कलिमुल्ला मियाँ, ४७ वर्षीय सरिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीय हजरत मियाँ र सोही ठाउँकी २७ वर्षीया हमिदा खातुन र २९ वर्षीया रेशमा खातुन पनि हत्यामा संलग्न रहेको आरोप छ ।
तर, उनीहरूलाई प्रहरीले पक्राउ गर्न आनाकानी गर्दै आएको मृतकका भाइ मोहम्द फिरोजले आरोप लगाए। ३० मंसिर ०७६ मा लुकमानसँग बहिनी “रोशन खातुन” को विवाह भएपछि ससुराली पक्षले दाईजोको निहुँमा पटक पटक धम्की दिँदै आएको फिरोजले बताए । उनले भने! “दाइजो नदिएपछि बहिनीलाई कु*टपि*ट गर्दै वि*ष खुवाएर मा*रे ।”
बहिनीलाई दाइजो माग्दै कु*टपिट गरेको मोबाइलबाट सबै सुनेको फिरोजले बताए । उनले भने, “त्यो रेकर्ड हामीसँग सुरक्षित छ। हामी न्यायको आशामा छौं । वि*ष खुवाएपछि गम्भीर बनेकी बहिनीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृ*त्यु भएको थियो।
इलाका प्र*हरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले अदालतको पत्रअनुसार लुकमानलाई पक्राउ गरी मु*द्दा दर्ता गरेको बताए । उनले भने, घ*टना*मा संलग्न अन्यको पनि खोजी भइरहेको छ।





प्रतिक्रिया दिनुहोस