बागलुङमा जीपले किचेर ८ वर्षीय बालकको मृ*त्यु ६ जना घा*इते
485 Views
बागलुङ, ४ मङ्सिर खोज मिडिया ।
बागलुङमा पिकअप जीपले किच्दा एक जनाको मृ*त्यु भएको छ । ६ जना घा*इते भएका छन् ।
जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ फाँटबजारमा ग २ च ५९८० नम्बको पिकअप जीपले किच्दा तमानखोला गाउँपालिका–२ का कृष्ण विकको छोरा ८ वर्षीय जोन सिर्पालीको मृ*त्यु भएको प्र*हरीले जनाएको छ ।
दु*र्घट*नामा ढोरपाटन नगरपालिका–५ का लेवेन्द्र कुवँर/ विष्णु सापकोटा/ सक्रेनी घर्ती र नरमला घर्ती तथा वडा नम्बर ७ का आकाश घर्ती र वडा नम्बर १ का नरकिताब सुनार घा*इते भएका छन् ।
घा*इते कुँवरको बाँया खुट्टामा गम्भीर चोट लागेको छ भने नरकिताव सुनारको हात र खुट्टामा गम्भीर चोट लागेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ ।
अन्य घा*इतेहरुको हातगोडा र ढाडमा चोट लागेको छ । घा*इते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्र*हरीले जनाएको छ ।
बुर्तिबाङ फाँटबजारमा पिकअप रोकेर चालक केर बहादुर विक नजिकैको पसलमा सामान राख्न बाहिर निस्किएको अवस्थामा स्थानीय नमबहादुर मल्लले पिकअप चलाउन खाजेपछि दु*र्घट*ना भएको पाइएको छ ।
चालकले चाँबी गाडीमै राखेको र मल्लले गाडी चलाउन नजानी नजानी जवरजस्ती सिक्न खोज्दा दु*र्घ*टना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पिकअप सहित पिकअप चालक र पिकअप चलाएर दु*र्घ*टना गराउने मल्ललाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस