रौतहटको कटहरियाको एक मोटर ग्यारेजमा हावा भर्ने ट्याङ्की विष्फोट हुदा एक जनाको मृत्यु
577 Views
ललन कुमार चौरसिया,
रौतहट , ३ मंसिर खोज मिडिया ।
रौतहटको कटहरियाको एक मोटर ग्यारेजमा हाव भर्ने ट्याङ्की वि*ष्फोट हुदा एक जनाको मृ*त्यु भएको छ । कटहरीया नगरपालिका ५ को बहादुरपुर टोलमा रहेको मोटर ग्यारेजमा हावा भर्ने ट्याङ्की विष्फोट हुदा स्थानीय समसुल मियाको मृ*त्यु भएको छ भने जैसी देवी घा*इ*ते भएका छन ।
ग्यारेज संचालक समसुल मियाले ट्याङ्कीमा हावा भर्ने क्रममा क्षमता भन्दा बढी हावा भर्दा सो ट्याङ्की वि*ष्फोट भएको थियो । ट्याङ्कीको छेउमै रहेका समसुलाई वि*ष्फो*टका कारण टाउकोमा ग*म्भीर चोट लागे पछि उनलाई उपचारको लागी वीरगंज लैजाने क्रममा बाटोमा ज्या*न ग*एको ईलाका प्रहरी कार्यालय गरुडा गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए ।
ट्याङ्कीको फलामको टुक्रा दाहिने हातमा लागेर घा*इते भएका यादवको उपचार भइरहेको डिएसपी भण्डारीले बताए ।
विष्फोटले गर्दा ठूलो आवाज आएको र ट्याङ्कीका टुक्राहरु टाढा सम्म छरीएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्र*हरी कार्यालय गरुडाले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस