ग्याङफाइट ह*त्या प्रकरणमा चार जना प*क्रा*उ
416 Views
मोरंग, २ मङ्सिर खोज मिडिया ।
मोरङ बुढीगंगाामा गत आइतबार राति (बर्थ डे) पार्टीपछि भएको झ*ग*डामा भएको ह*त्या प्रक*रणमा प्र*हरीले चार जनालाई प*क्राउ गरेको छ। बुढीगंगा गाउँपालिका-६ कोयलपुरमा युवाहरूबीच ग्याङफाइटमा धनकुटा पाख्रीबासका २६ वर्षीय रिजन दाहालको ह*त्या भएको थियो।
उनी इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरी बस्थे। प्र*ह*रीले ह*त्या आ*रोपमा बुधबार चार जनालाई प*क्रा*उ गरेको हो।
प*क्रा*उ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ७ का २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा ६ का २४ वर्षीय ईश्वर लिम्बू, सोही ठाउँका १८ वर्षीय सुदिप उराँव र २० वर्षीय सुदिप उराँव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएपी दीपक श्रेष्ठले जानकारी दिए।
प*क्रा*उ पर्ने चार जनालाई आज मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको उनले बताए। घ*ट*नामा अरूको पनि संलग्नता रहेकोले खोजीकार्य जारी रहेको प्र*ह*रीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस